नाकामा मृत्यु भएका युवा कोरोना संक्रमित भएको पुष्टि

नाकामा मृत्यु भएका युवा कोरोना संक्रमित भएको पुष्टि

  • शुक्रबार, जेष्ठ ३०, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

जेष्ठ ३० भैरहवा । घर फर्किने क्रममा गत बिहान भारतको सुनौलीमा मृत्यु भएका नेपाली युवक कोरोना संक्रमित भएको पुष्टि भएको छ । नवलपरासीको सुस्ता गाउँपालिकास्थित कुडिया का ३५ वर्षीय ती नागरिकको बुधबार बिहान दशगजा सिमाना नजिकै बसिरहेको बेला अचानक मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनको मृत्युपश्चात् भारतीय स्वास्थ्यकर्मीद्वारा कोरोना परीक्षण गर्दा पोजिटिभ आएको जानकारी भारतीय प्रहरीले दिएको बताए । उनका अनुसार कोरोना परीक्षण रिपोर्ट आएपछि उनको अन्त्येष्टि भारततर्फ नै गरिने भएको छ ।
उनीसँगै यात्रा गरेका अन्य दुईजना भने कोरोना परीक्षण हुनु अगावै भारतबाट भागेकाले संक्रमणको अवस्थाका बारेमा जानकारी नभएको बताइएको छ । ती व्यक्तिसँग पाल्पाका दुई जनाले यात्रा गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ