भारतबाट घर फर्कने क्रममा ज्यान गुमाएका सुस्ताका युवकमा कोरोना भएको पुष्टि

भारतबाट घर फर्कने क्रममा ज्यान गुमाएका सुस्ताका युवकमा कोरोना भएको पुष्टि

  • बिहिबार, जेष्ठ २९, २०७७
  • रबिन्द्र यादव

  • 7K
    SHARES

नवलपरासी पश्चिम, २९ जेठ । बुधबार मृत्यु भएका नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुस्ता घर भएका ३५ बर्षिय युवकमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतबाट घर फर्कने क्रममा बुधबार बिहान बेलहिया गेट पारीपट्टि सुनौली बजारमा मृत्यु भएका ती युवकले अचानक बान्ता गरेर ढलेका थिए ।

भारतीय पक्षले दिएको जानकारी अनुसार उनको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । ‘मृतकको शवलाई भारतीय पक्षले भारतकै अस्पतालमा लगेको थियो । उनी पाल्पाका तीन जना साथीसँग बुधबार बिहान ४ बजे बसमार्फत सुनौली नाका आइपुगेका थिए ।

नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकका अनुसार उनको स्वाबको परीक्षणमा कोराना पोजेटिभ देखिएकाले शबको भारतमै अन्त्येष्टि गरिने तयारी भइरहेको छ । पाठकले परीवारका सदस्यलाई शव देखाएर अन्त्येष्टि गरिने जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ