कोल्हबी–७ मा भए गरेको विकासका योजनाहरुको बारेमा संघर्ष समिति र वडा अध्यक्ष बिच छलफल

कोल्हबी–७ मा भए गरेको विकासका योजनाहरुको बारेमा संघर्ष समिति र वडा अध्यक्ष बिच छलफल

  • बिहिबार, जेष्ठ २९, २०७७
  • दिपक चौरसिया

  • 7.8K
    SHARES

वीरगंज २९ जेठ । बारा जिल्लाको कोल्हबी नगरपालिका वडा नं. ७ मा भए गरेको विकासको योजनाहरुको बारेमा वडाध्यक्ष र स्थानियबासीहरु बिच बृहत रुपमा छलफल भएको छ ।
वडा नं. ७ मा बिगतका वर्ष र यस आवमा भए गरेका विभिन्न विकासका योजनाहरुमा अनियमित्ता एवं भ्रष्टाचार भएको भन्दै स्थानिय चिन्तामणी चौधरीको अध्यक्षतामा १३ सदस्यीय संघर्ष समिति नै बनाएर विभिन्न चरण्मा संघर्षका कार्यक्रमहरु गर्दै आएका छन् । संघर्ष समितिले वडा अध्यक्ष माथि लगाउदै आएको आरोपको सम्बन्धमा बुधवार वडा नं. ७ को धोधरपामा संघर्ष समिति र वडा अध्यक्ष एवं वडावासीहरु बिच बृहत रुपमा छलफल भएको छ ।
छलफलमा वडा अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले आफुले कुनै किसिमको अनियमित्ता एवं भ्रष्टाचार नगरेको दाबी गर्नु भएको छ । सो छलफलमा संघर्ष समितिको तर्फबाट उठेका जिज्ञासाहरुको सहज एवं शालिन रुपले जफाफ दिदै वडा अध्यक्ष चौधरीले आफु एक स्वतन्त्रबाट उम्मेदवार भएर निर्वाचित भएकोले वडावासीलाई दुःखी बनाउने काम आफुले कुनै पनि हालतमा गर्न नसक्ने दाबी गर्नु भयो ।
“म कुनै पनि दलको प्रतिनिधि हैन, म एक स्वतन्त्र व्यक्ति हुं, त्यसैले कुनै पनि दलको दबाव वा प्रभावमा पर्दिन” भन्दै अध्यक्ष चौधरीले “म हरेक काम वडावासीको हित र भलो हुने मात्र काम गरेको र आउने दिनमा पनि गर्नेछु” भने । संघर्ष समितिले विकास निर्माणको काम पारदर्शी नभएको, हिसाब किताब फर्छौट नगरेको आरोप लाग्ने गरेकोले आज एकएक शिर्षकको बारेमा सबैले बुझने किसिमले हिसाब किताब र भए गरेका योजनाको बारेमा वडावासीको विचमा राखेको वडा अध्यक्ष चौधरीले बताए ।आफूबाट भुलवस कुनै किसिमको गल्ती भएको छ भने आउने दिनमा सुधार गर्ने र नियतवस भएको ठहरे आफुले जुन पनि सजाय भोग्न तयार रहेको वडा अध्यक्ष चौधरीको भनाई रहेको थियो ।
वडाको कुनै पनि काम गर्दा वडावासी संग सल्लाह नगरेको, सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको, आयव्ययको विवरण माग्दा अटेरी गरेको लगायतका विषयमा संघर्ष समितिले चरणवद्ध रुपमा आन्दोलन गर्दै आएको संघर्ष समितिका अध्यक्ष चिन्तामणी चौधरीले बताए ।
आज भएको छलफलमा वडाध्यक्षले गोलमटोल जवाफ दिएकोले आफुहरु पूर्ण रुपमा सन्तुष्ट नभएको संघर्ष समितिका अध्यक्ष चौधरीले बताए । संघर्ष समितिले यस अघि नै वडा कार्यालयबाट भएका अनियमित्ता र भ्रष्टाचारको बारेमा नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय बारा, स्थानिय विकास तथा प्रशासन मन्त्रालय काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सम्बन्धित निकायमा लिखित रुपमै जानकारी गराएको संघर्ष समितिका अध्यक्ष चौधरीले जानकारी दिए ।
सो छलफलमा संघर्ष समितिका सचिव नन्दकिशोर साह, सदस्य सल्लाउदीन अंसारी, अतिम अंसारी, जमिल अख्तर अंसारी, जाबेद अंसारी लगायतको सहभागीता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ