कञ्चनपुरको बेलौरीमा झ्यालबाट छिरेर बालिका बलात्कार

कञ्चनपुरको बेलौरीमा झ्यालबाट छिरेर बालिका बलात्कार

  • बिहिबार, जेष्ठ २९, २०७७
  • डम्मर राज भट्ट

  • 11.5K
    SHARES

कन्चनपुर,२९ जेठ । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेकोको बेलौरी नगरपालिका ७ की १५ बर्षिया बालिकामाथि बलात्कार भएकोछ । बालिका सुतिरहेकै अवस्थामा बलात्कृत भएको परिवारजन आफन्तले जनाएका छन् ।

गयराती बालिका सुतेकै अवस्थामा झ्यालबाट छिरेर उनीमाथि बलात्कार गरेको जनाईएको छ । विवाहित २३ बर्षिया पुरुष बिरु चौधरीले बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । बालिकाका परिवारजनले चौधरी बिरुद्ध ईलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी दिएपछि बिरु चौधरी पक्राउ परेका हुन् । ‘बालिका सुत्ने कोठाको झ्यालमा छड थिएनन, ‘पीडित बालिकाका आफन्तले भने, ‘सुटुक्क आएर जबरजस्ती करणि गरेर बालिकाको इज्जत लुट्यो ।’

इलाका प्रहरी कार्यालय बेलौरीले बिरु चौधरी र बालिकाको स्वास्थ्य परीक्षणका लागि सेती अस्पताल लगेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रण बहादुर चन्दले घटना बारे अनुसन्धान भईरहेको बताए । स्थानीयले घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।

लकडाउनको मौका छोपी यसरी बालिकामाथि बलात्कार तथा जघन्य घटना भएको भन्दै कञ्चनपुरका महिला अधिकारकर्मीले समेत घटनाको भत्र्सना गरेका छन् । कञ्चनपुरकी महिल अधिकारकर्मी माया नेगीले महामारीका बेलामा पनि बालिकामाथि बलात्कारका घटाना नरोकिएको भन्दै दुख व्यक्त गरिन् । उनले घटनाको सुक्ष्म अनुसन्धान गर्दै दोषिलाई कुनैपनि कोणबाट उन्मुक्ती दिन नहुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ