पारदर्शी ढङगबाट कोरोना निरन्त्रण गरः जनबाहिनी नेपाल

पारदर्शी ढङगबाट कोरोना निरन्त्रण गरः जनबाहिनी नेपाल

  • बिहिबार, जेष्ठ २९, २०७७
  • डम्मर राज भट्ट

  • 20.7K
    SHARES

कन्चनपुर , २९ जेठ ।  जनबाहिनी नेपालले कोरोना नियन्त्रण गर्न पारदर्शी ढङगबाट प्रभावकारी कदम चलाउन माग अघि सारेको छ । कोरोना नियन्त्रणका नाममा अपारदर्शीता काम भएको भन्दै जन बाहिनीले माग अघि सारेको हो ।
बिहीबार जन बााहनी नेपाल कञ्चनपुरले एक प्रेस विज्ञप्ती जारी गर्द आठ बुँदा माग अघि सारेको छ । कोरोना नियन्त्रणका लागि पारदर्शीता अपनाउनुपर्ने, विपन्न वर्गलाई रातह र उद्दार कार्यक्रम लागु गर्नुपर्ने, आरक्षपीडित सुकुमबासीमा आधारभूत आवश्यकताका साथ माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराउनुपर्ने माग अघि सारेका हुन् । भ्रष्टाचार र अपारदर्शीताका श्रृङखला छानबिन तथा कार्बाहीको ल्याउरामा ल्याउन समेत ध्यानाकर्षण गराएको छ ।
जनबाहिनीले स्वयमसेवकका घर घरम परिचालन बन्द गर्न समेत माग अघि सारेको छ ।

एमसीसी राष्ट्रिय हित विपरित भएकाले सम्झौता खारेजी गरिनुपर्ने, कालापानी सुूता अतिक्रमित क्षेत्रम व्यापक सुरक्षा उपस्थिति जनााउनुपर्ने, पश्चिम रुकुम घटनाका दोषिलाई कडा कार्बाहीको माग अघि सारेको छ । खाद्य संकटलाई मध्य नजर गरेर राहत तथा उद्दार एव सम्बन्धीत नगरबासीलाई खबरदारी गर्दै जाँदा प्रहरी परिचालन गर्नु लज्जास्पद र हास्यास्पद भएकोप्रति खेद प्रकट गरेका छन् । जनबाहिनी नेपालले उक्त प्रेस विज्ञप्ती जिल्ला प्रशासन कार्यालयमा समेत बुझाएको छ । जनबाहिनी नेपालका संयोजक शिरोमणी ओझाले हस्ताक्षर गरेको विज्ञप्तीमा कोरोना राहत तथा उद्दार कार्यमा सकृय स्वयसेवकको घर घरमा प्रहरी परिचालनप्रति खेद प्रकट गरेको छ ।


सरकारी निकायले जनबाहिनी नेपाल नामक संगठनले राज्यले अबलम्बन गरेको राहत नीति कार्यक्रममा एकद्वार प्रणाली नअपनाएको जनाएका छन् । राहत वितरण गर्ने कार्यमा एकद्वार प्रणाली नअपनाएको भन्दै स्थानीय सरकारले सो कार्यप्रति खेद प्रकट गरेको छ । भने कञ्चनपुर प्रहरीले यस बारेमा थप बुझ्ने जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ