झापामा ऋणको किस्ता तिर्न लघुवित्त तथा सहकारीको उर्दी,तत्काल ऋण नउठाउन विप्लव नेकपाको चेतावनी

झापामा ऋणको किस्ता तिर्न लघुवित्त तथा सहकारीको उर्दी,तत्काल ऋण नउठाउन विप्लव नेकपाको चेतावनी

  • बिहिबार, जेष्ठ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

जेष्ठ २९ चन्द्रगढी । कोरोना महामारी र लकडाउन पछि गरीब जनतालाई गाँस धान्नै गाह्रो परीरहेका बेला झापामा लघुवित्त र सहकारीहरुले रिण र किस्ता तिर्न दबाब दिईरहेको पाईएको छ ।
जिल्लाका विभिन्न स्थानका गरीब किशानहरुले लिएका रिणको किस्ता र ब्याज माग्दै दबाब आईरहेको पीडितहरुको गुनासो छ ।
यसैबीच ,नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले सहकारी तथा लघुवित्तिय संस्थाहरुले महामारीको घडिमा समेत ऋणको किस्ता तिर्न उर्दी जारी गरेको भन्दै तत्काल ऋणको किस्ता नउठाउन चेतावनी दिएको छ।
नेकपाले कोरोना भाइरसका कारण भन्दा बढी भोकमारी र गरिबीका कारण आत्महत्या गर्ने गरिब,मजदुर,सुकुम्बासी लगायतका बासिन्दाहरुको संख्या ११०० भन्दा बढि रहेको भन्दै मानविय संवेदनशीलतालाई ध्यान दिन र तत्काल किस्ता तिर्नको लागि कसैलाई पनि मानसिक दबाब नदिन अपील गरेको छ ।
जिल्ला सेक्रेटरी श्रीजंगले एक विज्ञप्ति जारी गर्दै आम झापालि जनसमुदायलाई तत्काल किस्ता नतिर्न समेत आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ