कोेरोना प्रभावः अब एसईई परीक्षा नहुने, आन्तरीक मुल्याकंनका आधारमा प्रमाण पत्र दिईने

कोेरोना प्रभावः अब एसईई परीक्षा नहुने, आन्तरीक मुल्याकंनका आधारमा प्रमाण पत्र दिईने

  • बिहिबार, जेष्ठ २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

काठमाडौँ जेष्ठ २९ । लामो समयदेखि कोरोनाको प्रभावका कारण अन्ततः सरकारले यस वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई)सञ्चालन नगर्ने निर्णय गरेको छ । हिजो साझँ बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

एसइई चैत्रमा हुनु पर्ने भए पनि कोरोनाको जोखिमका कारण परीक्षा स्थगित गरिएको थियो । आन्तरिक मूल्याङ्कनबाटै विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरिएको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जानकारी दिए । त्यसका लागि राष्ट्रिय परीक्षा बोर्डले मापदण्ड बनाउनेछ ।

विद्यालयले यसअघि नै गरेको मूल्याङ्कनलाई स्थानीय तहमा रहेको कक्षा ८ को परीक्षा सञ्चालन गर्ने संयन्त्रबाट सिफारिस गर्ने, उक्त कामको अनुगमन प्रदेश सरकारले गर्ने र बोर्डले प्रमाणीकरण गर्ने प्रस्ताव शिक्षा मन्त्रालयको छ ।

चैत ६ गतेदेखि सञ्चालन गर्न समय तालिका बनाइएको एसईई चैत ५ गते स्थगित गरिएको थियो । ४ लाख ८२ हजार विद्यार्थी एसईई परीक्षाको तयारीमा थिए ।

कक्षा ११ र १२ को परीक्षा के गर्ने भन्ने बिषयमा भने सरकारले अझै निर्णय गर्न बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी