जेष्ठ २७ कालीकोट । भारतबाट स्देश फर्किएका नागरिकलाई लिएर कालिकोटको लालिघाटबाट रास्कोट जादै गरेको टिप्पर दुर्घटनामा भएको मानवीय क्षेतीप्रति नेपाल कम्युनिस्ट पार्टी कालिकोटले गहिरो दुःख व्यक्त गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी कालिकोटका जिल्ला इन्चार्ज विराट र जिल्ला सेक्रेटरी रणदिपले एक प्रेस विज्ञप्ति जारी गरि उक्त दुर्घटनामा परि मृत्युवरण गर्नुहुने मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृकतपरिवारप्रति हार्दिक समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै बेपत्ताहरुको खोजिकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उद्धारको नाममा जबरजस्त धेरै यात्रु राख्नुले गम्भीर लापरबाही गरिएको बताउदै मृतक परिवारलाईउचित क्षेतीपुर्ति, राहत, घाइतेहरुको निशुल्क उपचारको माग विज्ञप्तिमा माग गरिएको छ ।
टिप्पर कर्णाली नदीमा खस्दा २ जनाको मृत्यु, ३० जना घाइते र २ जना अझै बेपत्ता भएका छन् ।
