शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई कम्प्युटर बितरण

शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयलाई कम्प्युटर बितरण

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

सिरहा, २८ जेठ । प्रदेश २ का सांसद दिलिप साहले विभिन्न बिद्यालयहरुलाई शैक्षिक गुणस्तर सुधार गर्न कम्प्युटर बितरण गरेका छन । सिरहा क्षेत्र नं. ४ (क) का सांसद समेत रहेका साहले विद्यालयको शिक्षाको गुणस्तरलाई सुधार गरी विद्यार्थीलाई प्राविधिक शिक्षा दिलाउने उद्देश्यले संसदिय बिकास कोषको रकमबाट कम्प्युटर बितरण गरेको बताए ।

आवश्यकतालाई मध्यनजर गरी बाजु माबि फुलबरियालाई १० थान, आधारभूत बिद्यालय मट्टीयरलाइलाई २ थान, जनता आधारभूत बिद्यालय गौतारीलाई २ थान, जनता मा. बि. सितालाइलाई १ थान, राजेश्वरी प्राथमिक बिद्यालय मथलेश्वरलाई १ थान र सामाजिक संस्थालाई २ थान कम्प्युटर प्रदान गरेको उनले बताए । १० लाख मोलबराबरको ५ वटा बिद्यालय र २ वटा सामाजिक संस्था गरी जम्मा १८ थान कम्प्युटर बितरण गरेको उनले जानकारी दिएका हुन ।

हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद साहले शिक्षाको गुणस्तरलाई अभिवृद्धि गर्न सामग्री प्रदान गरेकोले उचित ढंगले सञ्चालन गरी विद्यार्थीलाई प्राविधिक शिक्षाको ज्ञान दिलाउन सबै विद्यालयलाई आग्रह समेत गरे ।

विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि कम्प्युटर प्रदान गरेकोले विद्यालयको शैक्षिक सुधार सहज हुने बाजु मा.वि. मिर्चैया नपा ७ फुलबारीयाका प्रधानध्यापक बिन्देश्वर महतोले बताए ।

नयाँ प्रविधि सिक्नु पर्ने बाध्य भएको समयमा नयाँ प्रविधीका सामान वितरण गरेको प्रति सामुदायिक विद्यालयहरुले खुसि व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी