समाचारको विषयमा पत्रकार कडेललाई धम्की, पत्रकार महासंघद्धारा भत्र्सना(विज्ञप्तिसहित)

समाचारको विषयमा पत्रकार कडेललाई धम्की, पत्रकार महासंघद्धारा भत्र्सना(विज्ञप्तिसहित)

धम्की दिने आचार्यदेखि सांसद साउद सम्म के भन्छन विवादको बिषयमा ?

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 20.6K
    SHARES

कैलाली, २८ जेठ । नेपाल पत्रकार महासंघ रेडियो मिर्मिरे प्रतिष्ठान शाखाका सचिव पत्रकार टंक कडेललाई समाचारको विषयलाई लिएर धम्की आएको छ ।
कैलालीको घोडाघोडी नगरपालिकामा नाली निर्माणमा उपभोक्ता समितिले अनियमितता गरेको भन्दै स्थानीयले गरेको विरोधको विषयमा समाचार प्रकाशन भएपछि उनलाई टेलिफोनमार्फत स्थानीय फेन्सी ब्यबशायी होम प्रसाद आचार्यले धम्की दिएका हुन् ।
सांसदविकास कोषको रकमबाट निर्माण गरिएको उक्त नाली निर्माणका क्रममा अनियमिता भएको, कमसल निर्माण भएको बिषयमा समाचार प्रकाशन प्रशारण भएपछि पत्रकार कडेललाई धम्की आएको उनले बताएका छन् । आफ्नो परिचय नदिएरै मोवाईलमार्फत उक्त समाचार किन लेखिस्, व्यक्तिका पछि लाग्छस ? भन्दै धम्की आएपछि पत्रकार कडेलले पत्रकार महासंघमा सुरक्षाको माग गर्दै निवेदन समेत दिएका छन् ।
लगत्तै नेपाल पत्रकार महासंघ कैलाली शाखा र रेडियो मिर्मिरे प्रतिष्ठानले छुट्टा छुट्टै बिज्ञप्ति निकालरे धम्की दिएको घटनाप्रति धानाकर्षण भएको भन्दै भत्सना गरेका छन् ।
महासंघ कैलाली शाखाले समाचारको बिषयलाई लिएर कैलालीका पत्रकार कडेललाई दिईएको धम्किपूर्ण घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका सचिव मिन ठकुरीद्धारा हस्ताक्षरीत विज्ञप्तिमा घोडाघोडी नगरपालीकाको नीति तथा कार्यक्रम सुझाव संकलन गर्ने जिम्मेवारी एनजिओलाई र प्रदेश पूर्वाधारको १० लाख वजेटमा नाली निर्माण मापदण्ड विपरित शिर्षकमा दुई वटा समाचार प्रकाशन र प्रशारणलाई लिएर घोणाघोडि नगरपालीकाका ब्यापारी होमप्रशाद आचार्यले मंगलवार राति आफ्नै मोबाईलबाट फोन गरि अपशब्द बोल्दै समाचार किन लेखेको, त भोली जहाँ पनि जान सक्छस् भन्दै धम्कि दिएको भनि पत्रकार कडेलले महासंघमा सुरक्षाको माग गर्दै निवेदन दिएको जनाईएको छ ।
महासंघले यसरी समाचारको बिषयलाई लिएर पत्रकार कडेललाई दिईएको धम्किको घोर भत्सना एवम् निन्दा गरेको छ । ‘प्रकाशन र प्रसारण भएको समाचारप्रति विमती भए त्यसको कानुनी कार्वाहिका लागि अन्य बाटो हुँदाहुँदै पत्रकारलाई टेलिफोनबाट धम्कि दिनु महासंघले प्रेस तथा अभिब्यक्ति स्वतन्त्रता एवम् संचारक्षेत्रमाथि धावा बोलिएको घटनाका रुपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
साथै महासंघले पत्रकार कडेलको सुरक्षामा ध्यान पुर्यायाउन र धम्कि दिनेलाई कानुनी दायरामा ल्याउन प्रशासनसँग माग समेत गरेको छ ।

यस्तो छ विज्ञप्ति

यस्तै पत्रकार महासंघ रेडियो मिर्मिरे प्रतिष्ठानले पनि बिज्ञप्ती निकालेर पत्रकार कडेलमाथिको धम्की स्वतन्त्र र निष्पक्ष पत्रकारीताको घाटि निमोठ्ने नियतले आएको भन्दै घटनाको छानवीन गरि दोषिउपर कार्वाहिको माग गरेको छ ।
प्रतिष्ठानका अध्यक्ष राजाराम बोहराले बुधवार बिज्ञप्ति जारी गरि समाचार लेखेकै आधारमा पत्रकारमाथि डर धम्की दिने कार्य बन्द गरि कानुनी प्रकृयामा आउन सम्बन्धित पक्षको धयानाकर्षण पनि गराएका छन् ।

हेर्नुहोस् विज्ञप्ति

पत्रकार कडेलले नागरपालिकाको सुखड डोडा पुलदेखि २०० मिटर अगाडिबाट मगर टोल जाने बाटोमा नाली निर्माणमा मापडण्ड विपरित काम भएको भन्ने स्थानीय विरोधलाई लिएर समाचार लेखेका थिए । उक्त नाली निर्माणमा कमसल सामाग्री प्रयोग भएको भन्दै इन्जिनियरले काम रोक्न भनेका थिए तर उपभोक्ता समितिले अटेर गरेको छ ।
त्यस्तै उपभोक्ता समिति गठनमा पनि स्थानीयको विरोध छ । अध्यक्ष र कोषाध्याक्ष लगायत पदमा एउटै नातागोताका व्यक्ति रहेको र उपभोक्ता समिति गठन अवैध भएको स्थानीयको दाबी रहेको समाचारमा उल्लेख छ ।
प्रदेश सांसद अमर साउदले विकास कोषबाट छुट्याइएको १० लाख रकमको उक्त नाली निर्माणमा अनियमितता भएको स्थानीयको आरोप छ ।
त्यस्तै उपभोक्ता समितिको वैधानिकतामाथि नै प्रश्न उठेको छ । समिति गठनको नगरपालिका, वडा र सांसद नै जानकारी छैन ।

धम्कि दिएको छैनः आचार्य

समाचारकै बिषयमा आफुमाथि धम्की आएको भनेर पत्रकार टंक कडेलले पत्रकार महासंघमा निवेदन दिएपछि हामीले धम्की दिने व्यापारी होमप्रसाद आचार्यसँग सम्पर्क गर्दा उनले समाचारमा एउटै नातागोताका व्यक्ति भनेर लेखिएका कारण आक्रोशित भएर आफुले कडेललाई फोन गरेको बताए । उनले अनियमिताको बिषयमा लेखिएको समाचारमा नातागोता भनेर आफुलाई समेत मुछेको बताएपनि समाचारमा उल्लेख भएका स्रोत र पात्रहरुमध्ये कस्को के नाता पर्छन् भन्ने बिषयमा भने खुलाउन चाहेनन् । आफूले आक्रोशित भएर फोन गरेको तर धम्की नदिएको उनको भनाई छ । तर उनैले फोन गरेको स्वीकार गरेको यो अडियोका भाषाहरुले धम्कीलाई परिभाषित गर्न मद्धत पुर्याउने देखिन्छ ।

सुन्नुस् यो अडियो :

https://www.facebook.com/501375653723611/videos/249352329676714/

धम्की र समाचारको बिषयमा मिर्मिरेबाट घोडाघोडीका मेयर ममता प्रसाद चौधरीलाई सम्पर्क गर्दा उनले धम्कीको बारेमा आफूलाई कुनै जानकारी नआएको, उपभोक्ता समिति र कामको बिषयमा पनि कुनै जानकारी नआएको बताए । मेयर चौधरीले आफू क्वारेन्टाईनको अनुगमन र व्यवस्थापनमै खटिरहेको भन्दै लिखित उजुरी आएमा अनुगमन हुने बताए ।

के भन्छन् त्यस क्षेत्रका प्रदेश सांसद अमर साउद ?
घोडाघोडी नगरपालिकाको सुखड डोडा पुलदेखि २०० मिटर अगाडिबाट मगर टोल जाने बाटोमा नाली निर्माण उपभोक्ता समिति गठन, बजेट १० लाख बजेट विनियोजन देखि पत्रकारलाई धम्की दिएको बिषयमा समेत केन्द्रीत रहेर मिर्मिरेले त्यस क्षेत्रका प्रदेश सांसद अमर साउदलाई सम्पर्क गरेको थियो । यस बिषयमा प्रतिकृया दिदै सांसद साउदले बजेट नाली निर्माणका लागि विनियोजन निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषबाट भए पनि उपभोक्ता समिति गठन, अनुगमन रेखदेख जम्मै गर्ने अख्तियारी र अधिकार स्थानीय तहलाई भएको बताए ।
यद्यपि, कमसल निर्माण भएको बिषयमा जानकारी आए पनि लिखित उजुरी प्राप्त भएको जानकारी नपाएको साउदले बताए । उनले कमसल निर्माण र अनियमितताको सन्र्दमा जिल्ला समन्वय समितिले अनुगमन र गुणस्तर मापन गर्नु पर्ने भन्दै उजुरी लिखित रुपमा आएमा आफै पनि अनुगमनमा जान सक्ने बताए ।
त्यस उपभोक्ता समिति गठन स्थानीय जनप्रतिनिधिको रोहबरमा हुने भएकाले आफ्नो कुनै हात नरहेको उनको भनाई छ । आफू निष्ठापुर्वक राजनीति गरीरहेको र कुनै पनि गुनासो आउदा जवाफ दिन तयार रहेको भन्दै त्यस सत्य तथ्यका आधारमा लाग्न सबैलाई आग्रह गरे ।

निर्माण कमसल र अनियमितता भएको भए छानविन गरेर समाधान गर्न सकिने उनले बताए । उनले निर्माण समितिमा बसेका पदाधीकारी समेत रहेका पत्रकार र अन्य केही पत्रकारहरुका बीचको सामान्य छलफल वा विवादमा अरु कतिपय तत्व लागेर उछालेको हुन सक्ने भन्दै सबैलाई संयमित भएर अघि बढ्न र समाधान गर्न आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ