नाकामा हुने तस्करी बिरुद्ध शसस्त्रको अप्रेसन तीव्र

नाकामा हुने तस्करी बिरुद्ध शसस्त्रको अप्रेसन तीव्र

  • बुधबार, जेष्ठ २८, २०७७
  • डम्मर राज भट्ट

  • 20.8K
    SHARES

कञ्चनपुर, २८ जेठ ।  कोरोना कहर चलिरहेको अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ । लकडाउनकै विचमा तस्करी हुँदा सशस्त्र प्रहरीले तस्करहरूलाई नियन्त्रणमा दिदै छ ।

उत्तरदेखि दक्षिणसम्म तस्करका योजना धमाधम सशस्त्र प्रहरीले तोडिरहेको छ । जता तस्करी, उतै सशस्त्र प्रहरीको स्टेरिङ्ग अप्रेसन चलेपछि तस्करहरू समान छाडेर भागाभाग भईरहेको छ । लकडाउनको मौका छोपी भारतबाट समान तस्करी गरिरहेको अवस्थामा कञ्चनपुरको महाकाली नगरपालिका सीमा क्षेत्रबाट तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले समान बरामद गरेको छ ।

भारतबाट धुम्रपानदेखि हार्डवेयरका समान तस्करी गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले बुधबार महाकाली नगरपालिका ७ कञ्चनभोज सीमा क्षेत्रबाट चार लाखका समान बरामद गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीको तथ्याङ्ग अनुसार सूर्तिजन्य पदार्थ, हार्डवेयर लगायत किराना पसलका समान बरामद गरेको छ । कोभिड १९ रोकथामका लागि सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको टोलीले उक्त समान बरामद गरेको हो ।

लकडाउकैविच सशस्त्र प्रहरी बलले बेलडाँडी, बेलौरी र पुनर्वास नगरपालिका क्षेत्रबाट तस्करी भईरहेको अवस्थामा सूर्तिजन्य पदार्थ लगायतका समान बरामद गरेको थियो । सशस्त्र प्रहरी बल शैलेश्वरी गणका गणपति बीरसिह शाहुले बरामद गरिएको समान भन्सार चलान गरिने बताए। सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा चोरी तस्करी रोक्नका लागि सकृयता देखाएको भन्दै स्थानीय स्तरबाट प्रसंसा भईरहेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गणले सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी जवान अधिकृतलाई भारतबाट सुई समेत छिर्न नदिन निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ