नवलपरासी पश्चिममा फेरि लागू औषध सहित २ जना पक्राउ

नवलपरासी पश्चिममा फेरि लागू औषध सहित २ जना पक्राउ

  • बुधबार, जेष्ठ २८, २०७७
  • रबिन्द्र यादव

  • 8.2K
    SHARES

नवलपरासी पश्चिम २८ जेठ । नवलपरासी पश्चिमको इलाका प्रहरी कार्यालय अमानिगन्जले ठुलो मात्रा लागू औषध सहित दुइजनालाई पक्राउ गरेको छ। गस्तीमा खटिएको प्रहरीटोलीले जिल्लाको पाल्हिनन्दन गाउँपालिका २ मुडेराबाट लागू औषध सहित दुइजनालाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमलाई बुझाएको छ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका ७ उजैनी बस्ने ४१ बर्षिय चन्द्रीका राठौर र सोही ठाउँ बस्ने २१ बर्षिय अजय राठौर रहेकोे प्रहरीले जनाएको छ। उनिहरुको साथबाट फेनरागन २३८ एम्पुल, डाइजोपाम १५८ एम्पुल, नुफ्रीन १९६ एम्पुल गरि कुल ५९२ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनी हरु चढेको लु १३ प ४३६५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ।

दशगजा छेत्रबाट लागू औषध बोकि परासी तर्फ आइरहेको देखेर प्रहरीले शंकाको आधारमा चेक गर्दा उनिसङ त्यत्रो मात्रामा लागू औषध भेटिएको प्रहरीले जनाएको छ। सोमबार पनि सुस्ता गाउँपालिका को वडा नम्बर ५ रतनगंज ज्याकेटमा लुकाएर लागू अौषध लग्दै गर्दा इलाका प्रहरी कार्यालय बेलाटारीले एक जनालाई पक्राउ गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ