धनुषामा हिरासतमा रहेका एक युवा मृत भेटिए पछि आक्रोसित भीडद्धारा प्रहरी कार्यलयमा तोडफोड

धनुषामा हिरासतमा रहेका एक युवा मृत भेटिए पछि आक्रोसित भीडद्धारा प्रहरी कार्यलयमा तोडफोड

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 18.1K
    SHARES

जनकपुर जेष्ठ २८ । धनुषाको सबैलास्थित इलाका प्रहरी कार्यालयका हिरासतभित्र एक भुण्डिएको अवस्थामा मृत भेटिए पछि आक्रोसित स्थानीयले प्रहरी कार्यलयमा ढुगामुडा गरेका छन् । उनीहरुले प्रहरीको भ्यानमा समेत ढुगा मुडा गरेका छन् । सडकमा समेत नाराबाजी गरेका छन् । भीड तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाईएको छ ।

हिरासतको शौचालयभित्र झुन्डिएको अवस्थामा सबैला नगरपालिका–१२, बरकुर्बाका २३ वर्षीय शम्भु सदा मृत भेटिएका हुन् ।

उनी झुन्डेर आत्महत्या गरेको अवस्थामा बुधबार बिहान २ बजे फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक रमेश्वर कार्कीले जानकारी दिए। मृतक ट्याक्टर चालक थिए। सवारी दुर्घटना मुद्दामा यही जेठ १२ गते उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो।

सदाले किन आत्महत्या गरे भन्ने विषयमा अहिलेसम्म केही कारण खुल्न सकेको छैन। शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ