महाकाली सन्धीको गल्ती सच्याउनुस् प्रधानमन्त्री जी : प्रदीप गिरी

महाकाली सन्धीको गल्ती सच्याउनुस् प्रधानमन्त्री जी : प्रदीप गिरी

  • बुधबार, जेष्ठ २८, २०७७
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले प्रधानमन्त्री केपी ओलीले महाकाली सन्धिको पक्षमा मतदान गरेर गरेको गल्ती सच्याउन आग्रह गरेका छन् ।

संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै गिरिले आफूले समेत महाकाली पक्षमा तत्कालीन संसदमा उभिएर गल्ती गरेको बताए ।

कांग्रेसले संशोधन विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको जानकारी दिँदै उनले संसदमा भने, ‘कुनै समय प्रधानमन्त्री ओली र मैंले महाकाली सन्धिको पक्षमा बोलेका थियौं । त्यहाँ सिपी मैनालीले सीमा ठीक छैन भन्नुभएको थियो । हामीले गल्ती गरेका थियौं । प्रधानमन्त्रीज्यू उक्त गल्ती सच्याउँ ।’

भारतबाट अतिक्रमित भूमी फिर्ता ल्याउन प्रधानमन्त्री ओलीले आवश्यक तयारी नगरेको आरोप लगाउँदै गिरिने भने, ‘प्रधानमन्त्री उखान टुक्कामा महारथी हुनुहुन्छ । तर उहाँलाई स्यालको शिकार गर्न जाँदा बाघको तयारी गर्नुपर्छ । उहाँले विपक्षी दलका नेता, आफ्नै पार्टीभित्र, मधेसी दलका साथीहरुसँग छलफल गर्नुभएको छैन । दिल्लीसँग कुरा गर्न भ्याउनु भो होला र ?

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ