कञ्चनपुर, २७ जेठ । कञ्चनपुरमा कोरोना कहरले शिशुदेखि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र भारतबाट फर्किएका युवामा संक्रमण देखिएको छ । कोरोना नियन्त्रणका लागि अग्रपङक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई समेत कोरोनाले छोएको छ ।
चैत्र दोस्रो साता भारतबाट फर्किएका बेदकोट नगरपालिका १० चतहरीका ४१ बर्षिया युवकमा देखिएको थियो । त्यसपछि बैशाख अन्तिम साता बेदकोट नगरपालिक १० कै हरपालकी ३३ बर्षिया महिलामा कोरोना देखिएको थियो ।
भारतमा अडकिएका नेपालीलाई गड्डाचौकी नाका भएर भित्र्राएपछि कञ्चनपुरमा कोरोना कहर संक्रमण बढेको पाईन्छ । १० जेठदेखि २६ सम्म दुई साताको अवधिमा कञ्चनपुरका ३२ जनामा कोरोना देखिएको छ । २० जेठमा १० जनामा कोरोना पोजेटिभ देखिएको थियो । भारतबाट फर्किएकी शुक्लाफाँटा नगरपालिका ११ की ११ महिने बालिकामा संक्रमण देखिएको छ । उनको महाकाली अस्पतालमा उपचार भईरहेको छ । पुनर्वासमा एक स्वास्थ्यकर्मी सहित ६ जना, महाकाली १, भीमदत्त नगरपालिका २ र लालझाडी गाउँपालिका १ जनामा कोरोना देखिएको हो ।
२६ जेठमा १९ जना एकै पटक कोरोना देखियो । शुक्लाफाँटा नगरपालिका १ युवक, पुर्नवास नगरपालिका एक स्वास्थ्यकर्मी एक सुरक्षाकर्मी सहित १३ जना र भीमदत्त नगरपालिका दुई सुरक्षाकर्मी सहित ५ जनामा कोरोना पोजेटिभ देखिएको हो । २७ मा शुक्लाफाँटा नगरपालिका ११का २५ बर्षिया युवकमा कोरोना पुृष्टी भएको छ । वडाध्यक्ष दिल बहादुर बुढाले संक्रमितलाई अस्पताल लगिने बताए । एकै वडामा यस अघि शिशु र अहिले युवकम कोरोना पृष्टी भएको हो ।
पुर्नवास नगरपालिकाका २ स्वास्थ्यकर्मी, दुवै ल्याब असिष्टेन्ट, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी हवल्दार र प्रहरी सहायक निरीक्षक र खड्डाकंकड प्रहरी चौकीमा कार्यरत अर्का प्रहरी जवानमा कोरोना देखिएका छन् । कोरोना संक्रमण देखिएका तीनै जना प्रहरी क्वारेन्टाईनमा खटिएका थिए । दुई प्रहरी भीमदत्त नगरपालिका ४ महेन्द्रनगर बजारको बैजनाथ क्वारेन्टाईन र पुनर्वास नगरपालिका ९ विचफाँटाको दिप शिखर माविको क्वारेन्टाईनमा खटिएका सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको हो ।
अन्य क्षेत्रका क्वारेन्टाईनमा बसेकालाई महाकाली र सेती अस्पतालको आईसियूमा राखिएपनि पुनर्वास नगरपालिका ९ दिपशिखर माविको क्वारेन्टाईनका संक्रमित २४ घण्टादेखि क्वारेन्टईनमै बसेका छन् ।पुनर्वास ९ का वडाध्यक्ष नारायण जैसीले संक्रमित पुष्टी भएको दुई दिन वितिसक्दा पनि संक्रमितको उपचारमा कुनै निकायबाट समेत चासो नदेखाईएको बताए ।
‘अहिलेसम्म न उपचारका लागि पहल भएको छ, ‘उनले भने, ‘न क्वारेन्टाईन व्यवस्थापनमा सुरक्षाकर्मी थपिए ।’ शुक्लाफाँटा नगरपालिका प्रवक्ता जगत बहादुर सिहले संक्रमितलाई उपचारका लागि महाकाली अस्पतालको आईसोलेशनमा पठाईएको बताए । कोरोनाका बिरामी दिनप्रतिदिन बड्दै गएपनि महाकाली अस्पतालमा बिरामीले भरिभराउ भएको छ । महाकाली अस्पतालमा निर्माण हुन लागेको ५० सैयाको कोरोना अस्पताल निर्माण नहुँदा खचाखच भएको छ । कुनै दिन रिर्फर सेन्टर बनेको महाकाली अस्पतालमा अहिले कैलालीबाट समेत बिरामी उपचारका लागि आएका छन् ।
महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी९बोक्सर०ले आरडिटी पोजेटिभलाई पनि अस्पतालमा ल्याउँदा पिसिआरबाट कोरोना देखिएपछि समस्य भएको बताए ।