नापी सर्वेक्षक काफ्लेविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोपत्र दायर

नापी सर्वेक्षक काफ्लेविरुद्ध गैर कानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोपत्र दायर

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

जेष्ठ २७ काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भक्तपुरका सर्वेक्षक राजेन्द्र काफ्लेले पदको दुरुपायोग गरी गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार काफ्ले गैरकानूनीरुपमा आर्जन गरेको सम्पत्ति भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा आफू र श्रीमती सुशीलाको नाममा ३३ कित्ता भन्दा बढी जग्गा खरिद गरेको पाइएको छ ।

सर्वेक्षक काफ्ले २०५४ पुस १ गते सार्वजनिक सेवामा प्रवेश गरेको र २०७६ वैशाख ३० गतेसम्मको अवधिमा रु एक करोड ७४ लाख १४ हजार ५० मात्रै वैद्य आय रहेको आयोगको अनुसन्धानबाट खुलेको छ । सो अवधिमा निज काफ्लेले रु सात करोड १७ लाख ४१ हजार १५० रुपैयाँ खर्च गरेको पाइएको छ । कुल वैध आय र खर्च गरेको कुल रकमको हिसाब गर्दा रु पाँच करोड ४३ लाख २७ हजार ९९ बराबरको लगानी तथा खर्चको स्रोत नखुलेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आयोगले सर्वेक्षक काफ्लेलाई हदैसम्मको कारबाही र श्रीमती सुशीलाको नाममा रहेको सम्पत्ति जफतको माग दाबी गरेको छ ।

यस्तै आयोगले गलत विवरण पेश गरी एउटा व्यक्तिको नाममा रहेको जग्गा अर्कैको नाममा नामसारी गरेको अभियोगमा साविकको कोहबरा गाविस झापाका तत्कालीन गाविस सचिव रामप्रसाद न्यौपाने, गलत मनसाय राखी गैरकानूनी काम गर्न अभिप्रेरित गर्ने रेनुका चम्लागाईं, नक्कली सर्जमिन मुचुल्का तयार गर्ने दमक नगरपालिकाका तत्कालीन वडा सचिव मोहनप्रसाद ओली र सोही नगरपालिकाका कार्यालय सहयोगी दलबहादुर खत्रीविरुद्ध पनि आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै नक्कली सर्जमिन मुचुल्कामा हस्ताक्षर गर्ने दमक नगरपालिका–१ का महानन्द सापकोटा, गिरिराज श्रेष्ठ, चिन्तामणि बुढाथोकी, रोमनाथ दाहाल, लक्ष्मीप्रसाद बस्ताकोटी, टङ्कप्रसाद बजगाईं र बालकृष्ण न्यौपानेविरुद्ध मुद्दा दायर गरेको हो । मोरङ जिल्लाको साविक लेटाङ गाविस–२ का हरिप्रसाद चौलागाईको नाममा रहेको झापाको साविक दमक नगरपालिका–१ को जग्गा एकलौटीरुपमा नामसारी गर्ने प्रयोजनले हरिप्रसादको जेठी श्रीमती रेनुकाले नक्कली कागजात बनाएको पाइएको आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ