नवलपरासी पश्चिममा पनि भेटिए १२ कोरोना संक्रमित, पश्चिममा मात्रै ३३ संक्रमित पुगे

नवलपरासी पश्चिममा पनि भेटिए १२ कोरोना संक्रमित, पश्चिममा मात्रै ३३ संक्रमित पुगे

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • रबिन्द्र यादव

  • 6.3K
    SHARES

नवलपरासी पश्चिम २७ जेठ । नवलपरासी पश्चिममा मंगलबार एकैपटक १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सुस्ता गाँउपालीकामा एकै पटक १२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सुस्ता वडा नम्बर १ का ६ जना छन् भने सुस्ता वडा नम्बर ३ मा दुई जना, चारमा एक जना र पाँचमा तिन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पश्चिमका प्रमुख गौरब ढकालले जानकारी दिएका छन् ।

संक्रमित वडा नम्बरमा १ मा ४० वर्षका दुई जना, २४, ४६,४८ र ५६ वर्षका एक एक जना छन् छन् भने वडा नम्बर ३ मा १६ र ३० वर्षिय यस्तै चारमा ४० वर्षिय र वडा नम्बर ५ मा १६,२३ र २७ वर्षका छन् । संक्रमित सबै पुरुष रहेको स्वास्थ्य कार्यालय प्रमुख ढकालले बताए । यहि जेठ २० गते ७८ जनाको स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ स्थीत राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाईएकोमा रिपोर्ट आएको हो । ६३ जनाको रिपोर्ट निगेटिभ अाएको छ भने तीन जनाको रिपोर्ट अाउन बाकी रहेको छ ।

उनिहरु सबै भारतबाट आएर क्वारेन्टाईनमा बसेका थिए । उनिहरुलाई सुस्तामै रहेको नव निर्मित बेलवानी स्वस्थ्य चौकिको भवनमा पठाउने तयारी भईरहेको सुस्ता गाउँपालिकाले जनाएको छ । यस अघि पनि सुस्तामा ४ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना निको घर अाइसकेका छन् ।

यस संगै नवलपरासी पश्चिममा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जस मध्ये सुस्तामा सबैभन्दा बढि १६ जना संक्रमित फेला परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ