ज्याकेट भित्र लागू औषधको पोको बोकेर हिड्ने एक जना पक्राउ

ज्याकेट भित्र लागू औषधको पोको बोकेर हिड्ने एक जना पक्राउ

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • रबिन्द्र यादव

  • 5.3K
    SHARES

नवलपरासी पश्चिम २७ जेठ । नवलपरासी पश्चिममा लागू औषध सहित एक जना पक्राउ परेका छन। आइतबार बिहान दस बजेको समयमा जिल्लाको सुस्ता गाउँपालिका ५ रतनगंज गाउँको भित्री सडकबाट कुडिया जाँदै गरेका युपी ५३ एजे ०२७७ भारतीय प्लेट नम्बरको मोटरसाइकलमा सवार एक जनालाई प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त व्यक्तिको ज्याकेट भित्रबाट लागू अौषध बरामद प्रहरीले गरेको छ ।

बरामद गरिएको लागू अौषधमा नाइट्रोभेट ४ पत्ता ६० पिस, स्पास्मो ४ पत्ता ३२ पीस, ओरेक्स १०० एमएलको ४ बोतल रहेको इलाका प्रहरी कार्यालय बेलाटारीका इन्सपेक्टर खुमान्नद पाण्डेले बताए ।

उनी बाट एउटा चक्कु र दुईवटा मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्ति पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका वडा नं ६ रानिनगर घर भई बर्ष २६ का निरज कुमार गौड रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

गौडलाई नियन्त्रणमा लिई थप अनुसंधान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
लकडाउनको मौका छोपी लागू अौषधको ओसारपसार नवलपरासी पश्चिममा बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ