सरकार अलोकप्रिय भईरहेका बेला जनतामाझ लोकप्रिय बने नेकपाका सांसद तामाङ

सरकार अलोकप्रिय भईरहेका बेला जनतामाझ लोकप्रिय बने नेकपाका सांसद तामाङ

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • -डम्मर राज भट्ट

  • 15K
    SHARES

कन्चनपुर २७ जेठ ।  चौतर्फी आलोचना खेपिरहेका सरकार यो वा त्यो बहानामा जनतामाझ अलोक प्रिय बन्दै गएको छ । तर सत्तारुढ दलका सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक तारालामा तामाङको भने चौतर्फी जयजयकार भएको छ । सोमबार सुत्केरी महिलालाई हेलिकप्टरमार्फत सांसद तामाङले उद्धार गरिदिएपछि कैलाली र कञ्चनपुरको कुनाकन्दराबाट सांसद तामाङको जयजयकार हुनथालेको छ ।
सेती प्रादेशिक अस्पतालमा उपचारार्थ कञ्चनपुरको पुनर्वास नगरपालिका–२, अरनिकोबस्तीकी २० वर्षीया लाजिमा मगरलाई थप उपचारको लागि हेलिकप्टरमार्फत काठमाडौं लैजान पहल गरिदिएपछि सांसद तामाङको चौतर्फी जयजयकार भएको हो ।


यतिखेर सांसद तामाङलाई बिभिन्न उपमा दिएर सामाजिक सञ्जाल र फेसबूकका भित्ताहरुमा धरैले प्रशंसा गरेका छन् भने आपसी जम्काभेट र भलाकुसारीमा समेत आम जनताले सांसद तामाङको प्रसंग निकालेर “सरकार भनेको त यस्तो पो हुनुपर्छ” भनी जिकिर गरेका छन् ।
सामाजिक सञ्जालमा अत्यन्तै सकृय रहने पुनर्वासका रमेश विश्वकर्माले पनि उनको खुलेरै प्रशंसा गरेका छन् । भनेका छन् –“हाम्रा नि नेता छन् भन्ने आभास तपाइले पूरा गर्नुहुन्छ, एउटी आमालाई बचाउन गर्नुभएको अनुकरणीय कार्यको लागि धन्यवाद ।”


अर्का पुनर्वास उद्योग वाणिज्य संघका कार्यालय प्रमुख बिमल विश्वकर्माले पनि धेरैसमय पछि आफ्नो नेता भएको महशुस गरेका छन् । भनेका छन्–“आज आएर बल्ल हाम्रा नि नेता छन् भन्ने आभास भयो, एउटी सुत्केरी ब्यथाले छट्पटाइ रहेकी आमालाई हेलिकप्टर मार्फत उद्धार गर्नु भएकोमा धेरै–धेरै धन्यवाद र सधै अपेक्षासमेत राख्दछौं ।” अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता इम्मानुएल तामाङले पनि उनलाई देशकै सच्चा नायकको उपमा दिएका छन् । यतिखेर सामाजिक सञ्जालमा स्वास्थ्यकर्मी बिष्णु शर्मा, एस।एल। तामाङ, नवीनकुमार लामा, उमेशकुमार रसाइली, बसन्त लामासमेतले सांसद तामाङले गरेको कामको प्रशंसा गरेका छन् ।
यस्तै धनगढीका बुद्धिजिबि एबं साझा पार्टीका सुदूरपश्चिमका सल्लाहकार संयोजक घनबहादुर शाहले पनि सांसद तामाङले गरेको कार्यलाई राम्रो भनेका छन् उनले भनेका छन्–“जोसुकैले गरेको भएपनि तत्काल कसैको ज्यान बचाउँन गरिएको उद्धार कार्य राम्रो हो तर अहिलेसम्म सरकारहरुले एउटा सुत्केरी सुरक्षित हुने हैसियत पनि बनाउन नकसक्नु त्यो चाहीँ दुःखद कुरो हो ।”


सरकारको अलोकप्रियता चुलिदै गएको यो जर्जर परिस्थितिमा सत्तारुढ दलका सांसदकै यसरी चौतर्फी प्रशंसा हुनुले राम्रो कामको सबै प्रशंसक हुन्छ भन्ने कुरालाई यस घटनाक्रमले प्रष्ट्याएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी