बाकेको आईसोलेसनबाटै भागे कोरोना संक्रमित, खोजीकार्य जारी

बाकेको आईसोलेसनबाटै भागे कोरोना संक्रमित, खोजीकार्य जारी

  • मङ्लबार, जेष्ठ २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 19.8K
    SHARES

नेपालगञ्ज, २७ जेठ । बाँकेमा आइसोलेसनबाटै कोरोना संक्रमित भागे पछि उनको खोजी तीव्र पारिएको छ ।

जानकी गाउँपालिका २ को श्री माध्यमिक विद्यालय जोगागाउँ आइसोलेसन सेन्टरमा बसेका नेपालगञ्ज उपमहानगरपालिका १२ कोरियनपुरका ३५ वर्षीय एक कोरोना संक्रमित गएराति फरार भएका थिए ।

४१ जना संक्रमित राखिएको उक्त आइसोलेसनबाट सोमबार राति ती संक्रमित फरार भएको जानकी गाँउपालिका वडा नं १ का वडाध्यक्ष मोहम्मद रजा राईले जानकारी दिए ।

जेष्ठ ९ गते क्वारेन्टाइनमा राखिएका ती युवाको कोरोना परीक्षण गर्ने क्रममा जेठ २२ गते संक्रमण पुष्टि भएको थियो ।

संक्रमित व्यक्ति फरार भएको जानकारी पाउने बित्तिकै प्रहरी परिचालन गरी उनको तीब्र रुपमा खोजी भइरहेको बाँके प्रहरीले जनाएको छ ।

फरार व्यक्तिसँग सम्पर्क रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरी सोमवार मात्र १० जनाको स्वाब लिइएको थियो । उनी १ महिना अघि भारतबाट नेपाल आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ