सभ्यताको १० हजार बर्ष पुरानो अलिखित र लिखित समयक्रममा मानव जातीले कयौ उपलब्धीहरु हासिल गर्यो।प्रबिधीको उच्चतम बिकासको फलस्वरूप आज हाम्रो जीबनमा कयौ सुबिधाहरु उपलब्ध छन।पूरा बिश्व एउटा गाउँ जस्तो भएको छ, क्षमता हुनेहरुको निम्ति । तर मानव जातिले केही अक्षम्य गल्तीहरु पनि गर्यो।आफ्नो सुखको निम्ति प्रबिधीको बिकास मानबको निम्ति अपरिहार्य आबश्यकता भएपनि समयक्रममा दुईवटा गम्भीर गल्तीहरु भए। पहिलो गल्ती ( मान्छे जातीले यश सृष्टिका अन्य चराचर,जलचरहरुको र बनस्पति समेतको बाँच्न पाउने अधिकार माथी धावा बोल्यो। कयौ जीबहरु मानबिय क्रियाकलापका कारण यश संसार बाट लोप भए। इकोसिस्टम भित्र हरेक जीव र वनस्पतिको अहं भुमिका हुन्छ भन्ने बिषयलाई ध्यान दिन सकिएन। दोस्रो गल्ती ( मान्छेले प्रकृति प्रदत्त स्रोतहरुको एकोहोरो दोहन गर्यो। पानी,जंगल ,खनिज ,हावा जस्ता प्राकृतिक स्रोतहरुको अति दोहनले ती पदार्थहरु रित्तिदै गए वा प्रदुषित हुँदै गए।हामी प्रकृतिका उपज र अंग हौँ , हामी यस्को विरुद्धमा होइन समन्वय गर्दै जानुपर्छ भन्ने बिर्सिएको छ। यश सृष्टिको विभिन्न जीव मध्ये हामी एउटा हौँ ,यो सबैको घर हो र सबैको अस्तित्व अबिछिन्न रहनु पर्छ र त्यसैले नै यो पूरा सृष्टि सन्तुलनमा राखेको हुन्च। जब सिंगो पर्यावरणीय प्रणाली स्वस्थ हुन्छ अनि मात्रै मानिस र मानव समाज स्वस्थ हुन सक्छ । प्रकृतिको समृद्धि सँग हाम्रो समृद्धि जोडिएको छ ।प्रकृतिलाई नासेर वा खरानी बनाएर होइन।प्राकृतिक स्रोतको अत्यधिक दोहन गरेर पृथ्वीलाई कुरुप र प्रदुषित बनाउनेहरुमा अहिले बिकशित कहलिएका देशहरु नै अग्रपंक्तिमा छन।जस्तै अमेरिकामा बिश्वका आठ प्रतिशत मानिस बसोबास गर्छन,तर उनिहरु बिश्वमा उत्पादित चालीस प्रतिशत इनर्जी खर्च गर्छन।
प्रकृति स्रोत विहीन भयो हामी पनि स्रोत विहीन हुन्छौँ किनकी त्यहाँ हाम्रो जीवन र संस्कृती जोडिएको हुन्छ। मानव जातीले आफ्नो स्वार्थको निम्ति यश संसारमा ठुल ठुला युद्धहरु चलाएको छ ,विभिन्न हानीकारक परिक्षणहरु गरेको छ। फलस्वरूप आजको दिन ठुल्ठुला बम र हतियार भन्दा सुक्ष्म जिबाणु, बिषाणुहरु मानव अस्तित्वको निम्ति खतरनाक ठहरिएका छन।सारा बिश्वलाई आतंकित बनाएको कोरोना भाइरस यसैको उपज हो। अहिले मानव जातीले अपनाएको ब्यबस्था र प्रबिधीले यो भाइरस माथी बिजय हासिल गर्छ वस गर्दैन ,अहं प्रश्न खडा भएको छ।सायद यो भाइरसले अब मानव संगत छोड्ने छाट छैन, यस्को भरपर्दो औषधि र खोप खोज गर्न प्रयास सफल होला नहोला निश्चित छैन।त्यसैले मानव समुदायलाई आफ्नो इम्युनिटी बढाउनु र भाइरसलाई स्विकार गर्नुको बिक्ल्प छैन।
अहिलेको कोरोना संकटको बिषयमा दुईजना विश्व प्रसिद्ध बिचारकको भनाई राख्न चाहन्छु।
प्रसिद्ध दर्शनशास्त्री तथा बिश्लेषक अरुन्धती रोय (भारत) र नोम चोम्स्की (usa) को दृष्टिकोणमा कोरोना (कोभिड १९ ) :-
अरुन्धती रोय:-
आज हामी मध्ये को कामचलाउ सरूवारोग विशेषज्ञ, भाइरोलोजिस्ट, तथ्याङ्कशास्त्री वा भविष्यद्रष्टा भएका छैनौ र ? के कुनै वैज्ञानिक वा डाक्टरले मनमनै कुनै चमत्कारको लागि प्रार्थना गरिरहेको छैन ? के कुनै पुरोहितले गोप्यरूमै भएपनि विज्ञानको सफलता पर्खिरहेको छैन त ? अनि, जताततै भाइरस फैलिरहेको बेला मध्य सहरमा चराहरूको गीत, जेब्राक्रसमा मयुरको नाच र शान्त आकाश देखेर तरङ्गित नहुने कति छौं? यो सबै केले गरिरहेको छ ? हो, भाइरसले , तर वास्तविकता यो भन्दा फरक छ। भाइरसले गर्दा मात्रै यस्तो स्थिति आएको होइन। कतिपय भन्छन्, यो हाम्रो चेत फिराउने भगवानको तरिका हो। अरू भन्छन्, यो संसारमा प्रभूत्व जमाउन चिनियाँ षडयन्त्र हो। जे भए पनि कोरोना भाइरसले शक्तिशालीहरूको घूँडा टेकाएको छ । संसारलाई यसरी टक्क रोकिदिएको छ, जुन काम अरू कसैले गर्न सक्दैन।
नोम चोम्स्की:-
कोभिड–१९ महाव्याधि विशेषतः गरिब र सबभन्दा कमजोरमाथि निर्मम र सम्भवतः ज्यादै त्रासदीपूर्वक समय बनेको छ । तर, योभन्दा पनि चुनौती त पृथ्वीका दुई धु्रवमा पग्लँदै गरेको बरफ र पृथ्वीको तापमान वृद्धिको घातक परिणामबाट पार लगाउनु हुनेछ । बजारको असफलता नै यस्ता महाविनाशकारी परिणाम निम्तिएका हुन् । वास्तवमा यी विपत्ति संसार नै हल्लाउने आकारका छन् ।यस्तै कुनै महाव्याधि आउन सक्नेबारे वर्तमान अमेरिकी सरकारलाई धेरैचोटि चेतावनी दिइएको थियो । गत अक्टोबरदेखि नै उच्चस्तरीय तहमा यो विषयमा सावधान गराइएको थियो तर, राष्ट्रपति बनेयता ट्रम्पको व्यवहारबारे हामी सबै अवगत नै छौं । उनले सरकारका सबै निकायका बजेट रोक्ने वा कटौती गर्ने, छिन्नभिन्न बनाउने गरेका छन् । मानिसको जीवन रक्षा गर्ने काममा नाफाको मुद्दालाई छेउमा राख्ने नियम–कानुनलाई ओझेलमा पारेर आफ्ना पुँजीपति मित्रवृत्तको लहलहैमा उनी लाग्ने गरेका छन् । परिणाम के आयो रु आज संसार वातावरणीय महाविपत्तिको दलदलमा फसेको छ । यो ट्रम्पको अहिलेसम्मकै सबभन्दा ठूलो अपराध हो । यसबाट आउने परिणामको आकलन गर्दा यो इतिहासकै सबभन्दा जघन्य अपराध हो।
प्रकृतिलाई पनि माया गर्ने समाज व्यवस्था हामीलाई चाहिएको छ भन्ने भावनात्मक कुरा मात्रै होइन । अब के पनि बुझ्न जरुरी छ भने मानव समाजलाई मात्रै हेर्ने समाजवाद वा लोकतन्त्रले अब पुग्दैन । मानव समुदाय पर्यावरणीय समाजवाद तिर जानैपर्छ । संसारमा यश बारे बहसको शुरुआत भएको छ। संकटको बेलामा पनि यो चिन्तनको बिकास हुनु सकारात्मक छ। अबको लोकतन्त्र वा समाजबादले एकोहोरो मानव जातीको भलाईको मात्र कुरा गरेर पुग्दैन ।यो पुरै पर्यावरण स्वच्छ हुदा मात्र हाम्रो पनि भलाई हुने हो। अहिलेको नवउदारवादी अर्थव्यवस्था र कर्पोरेट शासनले यी बिषयमा सम्बोधन गर्न सक्ला ?? यदी कसैले यस्तो सोचेको छ भने त्यो भन्दा ठूलो भ्रम केही होइन।
यो समयमा बिश्वभर चलिरहेका युद्धहरु रोकेर सारा युनिभर्सको निम्ति कल्याणकारी ब्यबस्थाको बारेमा मनन ,बहस र प्रतिबद्धताको खोजी गर्न सकिन्थ्यो कि !!?? अहिले चलनचल्तीको पोलिटिक्स, अर्थतन्त्र पनि क्वारेन्टाइन हुँदै आइसोलेसनमा जादैछ। कुनै दिन यस्को अबशान वा मृत्युु हुनसक्छ ।
यो ब्यबस्था र अर्थ/ उत्पादन प्रणालीले महामारी ,प्राकृतिक प्रकोप जस्ता महा-संकटको दिर्घकालिन हल दिदैन। के हामी बैकल्पिक र समाधानको निम्ति नयाँ बिचारको निर्माण गर्न सक्छौ ?
मानव जाती र संम्पुर्ण सृष्टिको भलाईको निम्ति अबको यात्रा :- ईको समाजबाद , ईको समाजबाद , ईको समाजबाद !!! विश्व साझा घर ,साझा ब्यबस्था !! नो भिषा,नो पासपोर्ट ,नो नागरिकता !!! प्राकृतिक जीबनशैली , ईको- समाजबाद !! यही हो मानव जातीको निम्ति अनिवार्य अपरिहार्यता