साह दम्पतीको सहयोगमा २ सय ५० घरपरिवारलाई निस्शुल्क भोजन

साह दम्पतीको सहयोगमा २ सय ५० घरपरिवारलाई निस्शुल्क भोजन

  • सोमवार, जेष्ठ २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

जनकपुरधाम, २६ जेष्ठ । लकडाउनमा विपन्न असहायलाई लक्षित गरि रामजानकी तेली कुट्टीद्वारा संचालित निस्शुल्क भोजन शिविर सोमबार ११ औँ दिन पनि जारी रहेको छ । उक्त निस्शुल्क भोजन शिविरमा दैनिक एक हजार भन्दा बढी व्यक्तिलाई खाना खुवाउने गरिएको छ ।
कोरोना भाईरसका कारण आर्थिक रुपमा प्रत्यक्ष असर परेका विपन्न समुदायलाई लक्षित गरी गत विगत ११ दिनदेखि शुरु भएको तेली कुट्टीद्वारा संचालित निःशुल्क भोजन शिविरको सोमबारको खर्च व्यवस्थापन जनकपुरधाम उपमहानगरपालिका वडा नं । ७ निवासी राम नारायण साह तथा चन्द्रकला देवी साहले गरेका थिए । उक्त निस्शुल्क भोजन शिविरमा दैनिकजसो करिब २ सय ५० घरपरिवारका झण्डै एक हजार जना भन्दा बढी व्यक्ति लाभान्वित हुने गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह तथा साह दम्पतीले संयुक्तरूपमा भोजन वितरण गर्दै उक्त कार्यको सुरुवात गरेका थिए ।
सोमबार पनि उक्त निस्शुल्क भोजन शिविरमा करिब १ हजार १ सय जनालाई खाना खुवाइएको साह दम्पतीले बताए । शिविरको ११ औँ दिन साह दम्पतीले आफ्नो निजी खर्चमा जनकपुर उपमहानगरपालिकाका करिब सबै वडाका २ सय ५० विपन्न घरपरिवारका १ हजार १ सय जना भन्दा बढीलाई खाना खुवाइएको उनका छोरा बिन्दकिशोर साहले बताए ।
सो अवसरमा मेयर साहका अतिरिक्त वडा नं । ७ का वडाध्यक्ष जानकीराम साह, जसपा नेता मनोज चौधरी, रामजानकी तेली कुट्टीका अध्यक्ष जिवछ साहलगायतको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी