लकडाउनमा कुखुरादेखि सुन चोरी गर्ने फन्दामा कञ्चनपुर प्रहरीद्वारा चोरीका घटनामा संलग्न २० जना सार्वजनिक

लकडाउनमा कुखुरादेखि सुन चोरी गर्ने फन्दामा कञ्चनपुर प्रहरीद्वारा चोरीका घटनामा संलग्न २० जना सार्वजनिक

  • सोमवार, जेष्ठ २६, २०७७
  • डम्मर राज भट्ट

  • 10.6K
    SHARES

कञ्चनपुर, २६ लकडाउनको मौका छोपी कञ्चनपुरमा चोरी गर्ने समुहको बिगबिगी बढेको छ । कुखुरादेखि सुनचोरी लगायत चोरीका घटना बढेका छन् । विभिन्न चोरीका घटनामा संलग्न २० जनालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । ४२ थान साईकल बरामद सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार कञ्चनपुरका बेदकोट ,भीमदत्त नगरपालिका र कैलाली लम्की चुहा नगरपालिका क्षेत्रका युवक पक्राउ परेका छन् । बोईलर कुखुरा, साईकल, मोटर चोरी गर्ने, विद्यालयमा चोरी गर्ने, खोक्रा खाप्रा, पसलमा चोरी गर्नेदेखि घरमा सुन चोरी गर्ने पक्राउ परेका हुन् । पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका ४ का लोकेन्द्र शाही, बेदकोट नगरपालिका १ सामादैजीका शुनिल धानुक, सिसैयाका मिन बहादुर ठगुन्ना, रामचरण राना, सुवास राना, बिरेन्द्र राना, अशोक राना र भीमदत्त नगरपालिका १८ आशु सिनाल, रोशन दमाई, जितेन्द्र बम, प्रकास माल, सुरज दमाई, सन्तोष खडका, सुरज दमाई, सन्तोष ओखेडा, सुनिल दमाई योगेश जैरु, विनोद चन्द, भीमदत्त नगरपालिका १ का अनिल दमाई, ६ का जिवन कार्की र भीमदत्त नगरपालिका ४का नविन कार्की पक्राउ परेका छन् । कञ्चनपुरका प्रहरी प्रवक्ता रविन्द्र पौडेलले विभिन्न चोरीका घटनामा संलग्नमाथि छानबिन भईरहेको बताए ।

उनका अनुसार बरामद गरेका साईकल सवारी धनीलाई पहिचानका लागि कागजात एव हुलिया ल्याएर उपस्थित हुन आब्हान गरिएको छ । चोरीका साईकल काठमाण्डौँबाट ल्याएका हौँ, भनेर उनीहरुले स्थानीय बजारमा बिक्रि वितरण गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ