महोत्तरी जेठ २५, । कोरोना महामारी बाट संकटको घडीमा आम जनतालाई यो महामारी बाट बचाउनको लागि केन्द्र ,प्रदेश र स्थानीय सरकारलाई शसक्त रुपमा काम गर्न नसकेको भन्दै नेविसंघले महोत्तरीमा बिरोध जुलुश निकालेको छ ।
जिल्लाको जलेश्वर अस्पतालमा मात्र कोभिड १९ उपचार केन्द्र बनाइएको र त्यसमा आइसोलेशनको क्षमता ५० बेड मात्रै रहेको च अहिले धेरै जना सन्क्रमितहरु आइसोलेसन बाहिर रहेको भन्दै उनीहरुले जुलुश निकालेका हुन् ।
नेविसंघले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउनुका साथै नाराबाजी गरेका थिए । उनीहरुल्े पिसिआर परीक्षण बढाउनु पर्ने, क्वारेन्टाईनको संख्या बढाउनु पर्ने, भेन्टिलेटर सहित आईसोलेसनको संख्या बढाउनु पर्ने , सीमामा फसेका नागरिकलाई उद्धार गर्न माग गरेका छन् ।
विरोध जुलुशमा सहभागी मा ने.वि.संघ का निबर्तमान केन्द्रीय सदस्य विजय राय, जिल्ला अध्यक्ष आशुतोष झा, निर्बतमान क्याम्पस एकाई सभापति निवेश मंडल, नगर सभापति बादल साह, मुजाहिद अंसारी, मुकेश पासवान,सुमित साह, चन्दन साह लगायत विद्यार्थी नेताहरु को सहभागिता रहेको थियो।