पर्सामा सोमवार देखि जोर–बिजोर प्रणाली अनुसार पसल खोल्न नदिने निर्णय

पर्सामा सोमवार देखि जोर–बिजोर प्रणाली अनुसार पसल खोल्न नदिने निर्णय

  • सोमवार, जेष्ठ २६, २०७७
  • -दिपक चौरसिया

  • 7.3K
    SHARES

पर्सा २५ जेठ । पर्सा जिल्लामा जोर–बिजोर प्रणाली अनुसार पसल खोल्न दिने निर्णयलाई जिल्ला प्रशासन कार्यालय पर्साले खारेज गरेको छ ।

व्यवसायी र सर्वसाधरणले तोकिएको शर्त तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरु पालना नगरेका कारण कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएकाले जिल्ला सुरक्षा समितिको शुक्रबार साँझ बसेको बैठकले उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनु भयो ।

स-प्रजिअ बस्नेतका अनुसार जेठ २१ गतेको निर्णय नम्बर २ को बुँदा नम्बर ५ र ६ मा उल्लेखित व्यवसाय सञ्चालन गर्न दिने निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय भएको हो । उनले भने, ‘व्यवसायी र सर्वसाधरणले तोकिएको शर्त तथा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डहरु पालना गरेको पाएनौं ।

जोखिमको ख्याल नै नगरी बजारमा सवारी साधन प्रयोग गरी अनावश्यक भिडभाड गरेको पायौं । यसले संक्रमणको थप जोखिम बढ्ने खतरा देखिएपछि शनिबारदेखि नै उक्त निर्णय कार्यान्वयन नगर्ने निर्णय गर्न बाध्य भएका हौं ।’ जेठ २१ गते बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले शुक्रबारदेखि जोर–बिजोर प्रणाली (गते) अनुसार पसल खोल्न दिने निर्णय गरेको थियो ।

सो निर्णय अनुसार जोर गतेका दिन कपडा, कस्मेटिक, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स लगायतका सामान बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्ने अनुमति दिइएको हो । यसैगरी जोर गतेका दिन हार्डवेयर, साइकल, मोटर तथा मोटर पार्टस, अटोवक्र्स, भाँडावर्तन, सुनचाँदी, फर्निचर तथा अन्य पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ