नवलपरासी पश्चिमको सिमामा सशस्त्र प्रहरी र स्थानीय बिच झडप, चार राउन्ड हवाई फायर

नवलपरासी पश्चिमको सिमामा सशस्त्र प्रहरी र स्थानीय बिच झडप, चार राउन्ड हवाई फायर

  • आइतवार, जेष्ठ २५, २०७७
  • रबिन्द्र यादव

  • 12.4K
    SHARES

२५ जेठ नलपरासी । बर्दघाट सुस्ता पश्चिम०को प्रतापपुर गाउँपालिका वडा नं ५ सँग जोडिएको बसहिया भारत र नेपालको सिमामा स्थानिय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । झडपमा ६ सशस्त्र प्रहरी र चार स्थानिय घाइते भएका छन् ।

स्थानिय एक महिलाले भारततर्फबाट खेतलाई हाल्ने मल लिएर आउँदै गर्दा प्रहरीसँग भनाभन गरेपछि अन्य सयबढी स्थानियहरु भेला भएर अस्थायी प्रहरी पोष्ट नै भत्काएका थिए ।

प्रतिरक्षाका लागी प्रहरीले चार राउण्ड हवाई फायर गरेको शसस्त्र प्रहरीका एसपी भरत खनियाले जानकारी दिए । घाइते शसस्त्र मध्ये तीनजनाको आँखामा गम्भिर चोट लागेको बताइएको छ । अन्यको निधारमा चोट लागेको छ । स्थानियले गुलेलीमा सिसा राखेर हानेकाले सशस्त्र प्रहरीको टाउको र आँखामा गम्भिर चोट लागेको हो । अहिले घाइतेहरुको पृथ्वी चन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ