पत्रकारहरुलाई फोटो र भिडियो खिच्ने अनुमनि कस्ले दियो ? भन्दै हवलदार पटेल कड्किए पछि..

पत्रकारहरुलाई फोटो र भिडियो खिच्ने अनुमनि कस्ले दियो ? भन्दै हवलदार पटेल कड्किए पछि..

  • आइतवार, जेष्ठ २५, २०७७
  • -दिपक चौरसिया

  • 15K
    SHARES

पर्सा २५ जेठ । वीरगंजमा वडा प्रहरी कार्यालय बिर्ताको टोलीले अनावस्यक दुख दिएको गुनासो बढेको छ । वडा प्रहरी कार्यालय बिर्ताको टोलीले कहिले चिकित्सक, कहिले स्वास्थ्यकर्मी, कहिले बैंकर्स, कहिले सञ्चारकर्मी त कहिले सर्वसाधारणलाई बिना कारण लकडाउनको नाममा हप्काउनेदेखि कुटपिट सम्म गर्ने गरेको गुनासो बढेको हो ।

आईतवार दिउसो करिब ३ः३० बजेको समयमा वीरगंजको गहवा स्थित मिना बजार कम्पलेक्स पछाडि केही व्यक्तिहरुले तरकारी तथा फलफुल विक्रिवितरण गर्दै थिए । त्यहि समय वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरिक्षक गजानन्द साहको नेतृत्वमा रहेको प्रहरी टोली त्यहाँ आउने वितिकै सबै तरकारी व्यपारीहरु भागे । तर त्यहि स्थानमा करिब ८०÷८५ वर्षका एक बृद्ध थिए । उनि भाग्न सकेनन् । प्रनानि साहको नेतृत्वमा रहेका हवल्दार के पी पटेल र सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारका प्रहरी सहायक निरिक्षक बिवेक जैसवालले सो बृद्धलाई घसार्दै प्रहरी भ्यानमा राख्न खोजेका थिए । त्यतिकैमा त्यहाँ पुगेका केही सञ्चारकर्मीहरुले फोटो तथा भिडियो लिन खोज्दा प्रहरी हवलदार पटेलले अपशब्द प्रयोग गर्दै लठ्ठी हान्ने प्रयास समेत गरेका थिए । “तपाईहरुलाई कस्ले फोटो तथा भिडियो गर्न आदेश दिएको हो, हामीलाई मात्र गलत देखाउने काम गर्दै हुनुहुन्छ” भनि सञ्चारकर्मीहरुमाथि अपशब्द प्रयोग गर्दै खनिए । त्यहाँ आएका प्रहरी र सञ्चारकर्मीबिच केही बेर भनाभन समेत भएको थियो ।


सो घटना पश्चात त्यहाँका स्थानियहरुले प्रहरी विरुद्ध बिरोध जनाएका थिए । प्रहरीलाई १००÷२०० रुपैया तथा तरकारी दिने व्यापारीहरुलाई केही नगर्ने तर गाउँबाट आएका सोझासाझा किसानहरुलाई प्रहरीले दुःख दिने गरेको किसानहरुको आरोप रहेको छ । हाल वीरगंजमा जोर बिरोर प्रणाली अनुसार लकडाउनलाई सहज बनाईएको छ । तर पनि प्रहरी प्रशासनले बिना कारण सर्वसाधारण व्यक्तिहरुलाई मानसिक तनाव दिने गरेको स्थानियहरुको भनाई रहेको छ ।
सो घटनामा वडा प्रहरी कार्यालय बिताका प्रहरी निरिक्षक निर्मल पनेरु सँग बुझदा सञ्चारकर्मीमाथि गरिएको अभद्र व्यवहार तथा कुनै पनि सर्वसाधारण माथि आफुहरुले ज्यादती नगर्ने भनि माफी माग्दै आउने दिनमा सो घटनामा संलग्न प्रहरीलाई सम्झाउने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ