कञ्चनपुर, २४ जेठ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर नेपाल प्रवेश गरेका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । आरडिटी पोजेटिभ देखिएपछि महाकाली अस्पतालमा भर्ना भएका तिनै जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।
महाकाली अस्पताल स्रोतका अनुसार १ जना कञ्चनपुरको महाकाली नगरपालिकाका ३८ वर्षिय युवक र २ जना काठमाडौंका १८ र ३८ वर्षिय युवकमा कोरोना पोजेटिभ देखिएको हो ।
तीनै जनाको महाकाली अस्पतालले कोरोना परिक्षणका लागि स्वाव संकलन गरी धनगढी प्रयोगशालामा पठाएको थियो । महाकाली अस्पताल व्यवस्थपन समितिका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले हाल कोरोना पोजटिभ देखिएका पाचै जनाको महाकाली अस्पतालको आइसोलेसनमा उपचार भईरहेको बताए ।
अस्पतालमा थप १० जनालाई आइसोलेसनमा राख्न सकिने बताउँदै अध्यक्ष जोशीले आरडिटी पोजेटिभ देखिएपछि सम्बन्धित स्थानीय तहले आ–आफ्नै स्थानीय तहमा राखेर पिसिआर परिक्षणका लागि पहल गर्नुपर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline