क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न मानवअधिकार आयोगको आग्रह

क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न मानवअधिकार आयोगको आग्रह

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, २४ जेठ । राष्ट्रिय मानवअधिकार आयोगले बाहिरबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएका क्वारेन्टिनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ ।

आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेकाले आधारभूत मानव अधिकार संरक्षण गर्न व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह गर्नुभएको हो । झापा, रौतहट, पर्सा, सर्लाही, सप्तरी, कपिलवस्तु, बाँके, दैलेख, कञ्चनपुरलगायत जिल्लाका अधिकांश क्वारेन्टिन न्यूनतम मापदण्डविपरीत सञ्चालनमा रहेका विज्ञप्तिमा जनाइएको छ ।

विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट नेपाल पनि जटिल अवस्थामा रहेको र हालसम्म मृत्यु भएका १३ जनामध्ये नौ जनाको मृत्यु क्वारेन्टिनभित्रै भएको आयोगको विज्ञप्तिमा उल्लेख छ । आयोगले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि क्वारेन्टिनमा रहेकाको पिसिआर परीक्षणलाई तीव्रता दिनसमेत आग्रह गरेको छ । यस्तै पत्रकारलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुव्र्यवहार रोक्न, श्रमजीवी पत्रकारको पारिश्रमिक सुनिश्चित गरी सूचनाको पहुँचलाई सहज बनाउन, पत्रकारको सुरक्षाका सम्बन्धमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तथा कार्यक्रम ल्याउनसमेत आयोगले सरकारसँग आग्रह गरेको छ ।

लकडाउनको अवधिमा अनुगमन तथा समाचार सङ्कलनका क्रममा हिँडेका सञ्चारकर्मीमध्ये २२ पत्रकार गिरफ्तार, आक्रमण, धम्की र दुव्र्यवहारमा परेका विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकारलाई सरकारी निकायबाट सूचना प्रदान गर्न इन्कार गर्ने गरिएको, कतिपय श्रमजीवी पत्रकारले पारिश्रमिक प्राप्त गर्न नसकेको, पत्रकारिता पेशाबाटै विस्थापित हुनुपर्ने परिस्थिति रहेको र कतिपय सञ्चारमाध्यम बन्द हुने अवस्थामा रहेका जस्ता कारणबाट नेपालको संविधानबमोजिमको विचार र अभिव्यक्ति स्वतन्त्रताको हक, सञ्चारको हक तथा सूचनाको हकबाट वञ्चित हुने देखिएको विज्ञप्तिमा भनिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ