विश्वजतमा अहिले लाखौ संख्यामा संक्रमित र लाखौ संख्यामा कोरोनाले ज्यान गुमाई सकेका छ्न् । नेपालमा पनि लगभग ३००० संक्रमित र १२ जनाले ज्यान गइसकेको अबस्था छ ।
अहिले सम्म यसको न कुनै भाक्सिन छ न औसधि त्यसैले प्राय मानब जाति लाई देखिएकोले एक किसिम भ्रम र डर छ ।अब यस लाई नयाँ तरिका बाट समय सापेक्ष रणनिति बनाई लागु गर्न अपरिहार्य छ । सबै जनमानस मा चासो को बिसय बनेको कोरोना भाईरस अहिले सरकारले १०अर्ब खर्च भयो भन्दा शकाको विषय बनेको छ । शंका पनि किन नहोस्, न स्वास्थ्यकर्मिले भत्ता पाएको छ न त सुरक्षात्मक सामग्री । तलब समेत नपाएको अबस्था मा आम स्वास्थ्यकर्मि ले काम त तदारूकता देखायर मज्जाले गरेका छन ।कार्यक्षेत्रमा खटिरहेका छन् ।
यस बिपत कालिन /आपतकालिन समय मा ज्यान जोखिम राखेर स्वास्थ्यकर्मि ले गरेको काममा हौसला दिनु त पर जाउस त्यस्को बद्ला हमला चोट आतङ्क डर दिएका छ्न् । मानब संवेदना हराएको समाजलाई के थाहा स्वास्थ्यकर्मि बिना जीवन अधुरो भनेर । अहिले कोरेनटिन खोलेर जुन ब्यबस्थापन गरियको छ यसको धन्यवाद को पात्र हुन स्थानिय तह तर कुनै स्थानिय तहले कोरिनटिन को सहि ब्यबस्थापन गर्न सकेका छैनन् त्यस्ताले अरु पालिका बाट सिक्नु जरुरि छ । अब हाललाई बनाएका हरेक कोरिन्टाइन लाई आइसोलेसन बनाई सहयोग गर्न समेत अपिल गर्दछु ।
अस्पताल को अनाबश्यक भिडभाड लाई कम गर्न जुन सरकार ले तत्काल लै नया निर्देशिका जारि गर्यो त्यो एक्दमै राम्रो छ ।अनाबश्यक बिरामी भनेर बेड हरु भर्नु भन्दा आबश्यकता को आधार मा भर्ना गर्दा भोलि आउने समस्या लाई निराकरण गर्न सकिन्छ ।जहा सम्म RDT को कुरा छ त्यसमा अनाबश्यक खर्च गर्नु भन्दा घर एकान्तवास पठाउनु उचित छ । यदि कुनै सन्कासपद लक्षण देखियमा त्यसलाई सम्बन्धित स्थानिय तह ले pri isolation राखि अबलोकन गरि PCR को लागि पठाउने र PCR positive सहित लक्षण देखिय आबश्यकता अनुसार अस्पताल मा उपचार गर्ने गरु ।यसरी खर्च नि घटने लकडाउन पनि गरि राख्नु नपर्ने हुन्छ ।जसले गर्दा आर्थिक तथा आबशयक बस्तु को कमि पनि हुदैन ।अहिले सम्म जति पनि नेपाल मा मृतु भयो सबैको मरेपछि कोरोना देखियको छ ।
बास्तबिक कारण नि खोजि गरियन ।जसमा रुघा लाग्ने समस्या भैइ रहन्छ त्यसमा लक्षण रहित कोरोना भाइरस देखिन्छ ,त्यो ठुलाे कुरो होइन त्यसले असर नि गर्दैन ।बरु लक्षण देखिने हुन सक्ने जटिल लाई निगरानी मा राखेर अस्पताल मा ब्यबस्थापन गरु बाकि लाई सुरक्षित घर मा एकान्तवास बस्न सुझाउ ।
त्यहि अनुसार को तयारी गरु डर त्रास हटाउ ,बरु भिडभाड जदा मास्क को प्रयोग गरु ,हात पटक पटक साबुन पानीले धुने गरु ,जथाभावी हात नाक मुख र आखा मा नछुने गरेमा कोरोना को कुनै डर छैन ।दैनिक ब्याम गरौँ । immunity बढाउने कृयाकलाप गरु ,कागति पानी ,तुल्सि पात हालेर तातो पानी पिउने ,प्रसस्त फलफुल र तरकारी खाने गरौँ । ,मनलाई आन्न्दित तुल्याउन गित सङित सुने ,र किताब पढाइ गरि स्वास्थ र ब्यस्त रहु । कोरोना को अनाबश्यक डर लाई अन्त गरु समय परिबेस अनुसार नियम को पालना गरि हात मिलाउने काम को अन्त गरु । कोरोना लाई लुटने अबसर होइन जुटने अबसर को रुप मा लिउ ।
लेखक- हेल्थ असिस्टेन्ट हुन् ।