जेष्ठ २५ वालिगं । आज स्याङ्जामा एकै दिन १० जना कोरोना संक्रमित थपिएका छन्।
स्याङ्जाको वालिङ नगरपालिका घर भएका आएका ८ जना र हरिनास घर भएका २ जनामा कोरोना संक्रमण शनिबार बिहान पुष्टि भएको हो।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षका पुरुष हुन। हरिनासका १८ र ४० वर्षका पनि पुरुष रहेको जनाइएको छ। सबै संक्रमित सबै भारतबाट आएका हुन्।
यसअघिका संक्रमितमध्ये ६ जना जिल्ला अस्पतालमा, ६ जना कालिका सामुदायिक अस्पताल, एक महिलाको पोखराको आइशोलेशनमा राखि उपचार भइरहेको छ। गण्डकी प्रदेशमा शनिबार १७ जना नयाँ संक्रमित थपिएका छन्।
यस्तै आजै कास्कीमा ३ जना र पुर्वी नवलपरासीमा ३ र बागलुगंमा जना पनि आजै संक्रमित पुष्टी भएको गण्डगी प्रदेश सरकारले जनाएको छ ।
निर्देशक शर्माका अनुसार स्याङ्जामा १०, कास्कीमा ३ जना, पूर्वीनवलपरासीमा ३ जना र बागलुङमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
