स्थानीय तहसँग हातेमालो गर्दै र्‍याच फेमिली ट्रष्ट

स्थानीय तहसँग हातेमालो गर्दै र्‍याच फेमिली ट्रष्ट

  • शनिबार, जेष्ठ २४, २०७७
  • तीर्थ तिम्सिना / चन्द्रकान्त वाग्ले

  • 6.8K
    SHARES

जेष्ठ २३बुद्धशान्ति । विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त पारेर मुलुक गत चैत११ देखि निरन्तर बन्दाबन्दी भएको अवस्थामा छ । यस बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवार भोकभोकै रहनु नपरोस् भनी एक सामाजिक संस्थाले झापाको बुद्धशान्ति गाउँपालिकालाई आफ्ना नागरिकलाई बाड्न राहत स्वरुप खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ ।
र्‍याच फेमिली ट्रष्ट नामक सामाजिक संस्थाले शुक्रबार राहत हस्तान्तरण गरेको छ । गाउँपालिकामा नै गएर बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई सितारमेश बहुमुखी क्याम्पसका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि केशब ढुंगेलले हस्तान्तरण गरेका थिए ।
खाद्यान्न सामाग्री गाउँपालिकाले तय गरे बमोजिमको चामल, तेल, नुन, दाल, साबुन रहेको सितारमेश क्याम्पस बुद्धशान्तिका प्रमुख तथा संस्थाका झापा प्रतिनिधि ढुंगेलको भनाई छ । जुन प्रती परिवार २५ केजिका दरले ६५ परिवारलाई पुग्ने जनाईएको छ ।
खाद्यान्न सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष भुजेलले संस्थाको खुलेर प्रशंसा गरेका थिए । उनले बन्दाबन्दिको अवस्थामा दैनिक ज्यालादारी गरी खाने श्रमिकवर्ग, असक्त, अपाङ्गता भएका व्यक्ति र अतिविपन्न परिवारलाई केही मात्रामा सहज होस् भनेर सहयोग गरेकोमा धन्यवाद दिएका थिए । उनले सामग्री बुझ्दै उक्त राहत सामाग्री वडागत रूपमा बितरण गर्ने बताएका छन् ।
स्थानीय सरकारलाई राहत वितरणमा थोरै भएपनि सहयोग पुग्ने र आफुपनि बुद्धशान्तिकै नागरिक भएको कारणले आफ्नै गाउँठाउँमा सहयोग गर्न पाउँदा खुसी भएको र्‍याच फेमिली ट्रष्टकि निर्देशक नबिना विश्वकर्माले बताएकी छिन् । उनले यस राहत कार्यक्रममा बित्तीय सहयोग पुर्याउने र्‍याच फेमिली ट्रष्टका सिईओ रबि रोचलाई विशेष धन्यवाद दिएकि थिईन ।
उनले यसअघि पनि संस्थाले नेपाल, भारत , पाकिस्तान, माल्दिप्स् लगायतका देशहरुमा सहयोग गरि सकेको र आगामी दिनमा समेत गर्दै लैजाने बताएकि छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ