विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव

विश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव

  • शनिबार, जेष्ठ २४, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

एशियाली फुटबल महासङ्घ एएफसीले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ ९फिफा०लाई प्रस्ताव गरेको हो ।

यसअघि गत चैतमा अष्ट्रेलिया, चाइनिज ताईपेइ र जोर्डनसँग छनोट खेल घरेलु मैदानमा खेल्ने तय भए पनि कोरोना भाइरसका कारण स्थगित भएको थियोे । स्थगित खेल अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ तारिखमा गर्न प्रस्ताव गरिएको एएफसीले जनाएको छ । विभिन्न देशका फुटबल संघसितको भिडियो बैठक पछि एएफसीले उक्त मितिमा खेल गराउन तयारी थालेको हो । दोस्रो चरणको छनोटअन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । ति सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ ।

एएफसीको प्रस्तावलाई फिफाले अनुमति दिएमा नेपालले अक्टोबर ८ मा चाइनिज ताइपेइ, अक्टोबर १३ मा अष्ट्रेलिया र नोभेम्बर १२ मा जोर्डनसँग खेल्नेछ । समूह बी मा रहेको नेपालले हालसम्म पाँच खेलमा तीन अङ्क जोडेको छ । नेपालले चाइनिज ताइपेइलाई पराजित गरी उक्त समूहमा चौथो स्थान बनाएको थियो । हालसम्मको खेल प्रदर्शनअनुसार १२ अङ्कका साथ अष्ट्रेलिया शीर्षस्थानमा, १० अङ्कका साथ कुवेत दोस्रो, समान १० अङ्क नै बनाएको जोर्डन तेस्रो तथा अङ्कबिहीन अवस्थामा रहेको चाइनिज ताइपेइ समूह बी को पुछारमा छ ।

समूहको शीर्षटोली विश्वकपको तेस्रो चरणमा पुग्नुका साथै एशिया कपमा सोझै पुग्नेछ । दोस्रो हुने टोली विश्वकपको तेस्रो चरणमा तथा एशिया कप छनोटको तेस्रो चरणमा पुग्नेछ । तेस्रो, चौथो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ