एमसिसी लागू गर्नु भनेको हाम्रो राष्ट्रियता विदेशीलाई सुम्पिनु सरह हो 

एमसिसी लागू गर्नु भनेको हाम्रो राष्ट्रियता विदेशीलाई सुम्पिनु सरह हो 

  • शुक्रबार, जेष्ठ २३, २०७७
  • - लक्ष्मण चौलागाईं विद्रोही

  • 51K
    SHARES

मेलिनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) एक वर्ष देखि नेपाली बजारमा व्यापक हल्ला चल्यो जति हल्ला चल्यो त्यति नै दुइतिहाई सरकारको काम मन्द भयो। देश बनाउने बहानामा वर्षौं गुजारेको गणतन्त्रले यतिबेला एमसिसीको लागि जबर्जस्त लागू गर्ने बल देखाइरहेको सन्दर्भमा सामाजिक संजाल प्रयोगकर्ताहरुको तिब्र विरोधलाई समेत नसुन्ने र वेवास्ता गर्ने सरकारको ध्यानाकर्षण गराउन मन लाग्यो।
हाम्रो देश नेपाल ,भूगोलको हिसाबले सानै होला तर सार्वभौमताको हिसावले शक्तिशाली राष्ट्र संयुक्त राज्य अमेरिका भन्दा सानो छैन । कारण हामी इतिहासमा कहिले पनि गुलाम भएनौं। वीर पुर्खाको साहसले सार्वभौमताको ईतिहास कायम गरेको गौरवलाई जति नै प्रशंसा गरे तापनी कमै हुन्छ र भैरहनेछ।
उत्तरमा विशाल देश चीन र दक्षिणमा बृटिश इतिहासले नै गुलाम बनाएको राष्ट्र भारतको विचमा उच्च हिमालयका शिखरहरु चम्काएर सगरमाथाको सानले बुद्धको गरिमाले साथै सीता जानकीको जन्मस्थलको इतिहासले विश्व प्रसिद्ध देश संसारभरका मुलुकहरु भन्दा अनमोल र अमुल्य साथै उल्लेखनीय छ।
यहाका खनिज सम्पदा ,यहाका बन्य सम्पदा,यहाका जल सम्पदा,यहाका प्राकृतिक हिमाली सम्पदा ,यहाका धार्मिक सम्पदा,यहाका सास्कृतिक सम्पदा अनि यहाको गरिमामय पहिचानको कारण संसारभरका राष्ट्रहरु भन्दा सुन्दर स्वरुपिणी हाम्री मातृभुमी आजसम्म कुनै महाशक्ती राष्ट्रले मुटु चुड्न नसकेकी हाम्री नेपाल आमा आज यतिका धेरै विकल्पहरु माझ दुखी भएकी छिन। कारण शक्ति भएर पनि शक्तिहिन भएको राज्यसत्ता अनि गुलाम भैसकेर पंगु भैसकेको लठैत विस्तारवादले हाम्री जननीको खुट्टा काटिरहदा अन्तरास्ट्रिय अदालतमा ठाडो एक्सन लिन नसक्ने कायर सत्ताको विडम्बना हो।
अनि हामी हेपियौं ,अनि हामी कमजोर हुदैछौं अब त कमजोर बन्ने दुष्प्रयासको पर्याय बन्दैछ अमेरिकी अनुदान जसलाई एमसिसी भनेर खन्डन गर्दा अतिशयोक्ती नहोला कि ?
थुप्रै थुप्रै श्रोत र विकल्प भएर पनि विदेशी अनुदानको लागि दौराको फेर हल्लाउदै हात थाप्ने जिम्मेवार नेता र राजनितीका कारण सार्वभौम राष्ट्र एकादेशको माग्ने मुलुक बन्दैछ भन्ने महशुस कै वजह एमसिसीको विरुद्द क्रान्तिकारी ,देशभक्त,राष्ट्रप्रेमी नेपाली जनताले एमसिसीलाई तिरस्कार गर सरकार भन्दा कानै नसुन्ने दुइतिहाईको उन्मादले कतै एमसिसी सम्झौता गरेर सगरमाथा लिलाम गर्दै त छैन ?लुम्बिनी मास्दै त छैन ? पशुपतिनाथको मुर्ती न्युयोर्क तिर पैठारी गर्दै त छैन ?नेपालका अमुल्य जडिबुटी र खनिजलाई विदेशी सैन्यले रातारात आफ्नो मुलुकतिर ओसार्ने खाले धावन मार्ग खुल्ला गरिदिदै त छैन ? हो,यसैको खतराको कारण आज नेपाली जनता विदेशी डलरको प्रस्ताव याने कि एमसिसी देखि रुष्ट छन जो हामीलाई चाहिएन बरु हाम्रो मुलुक विकसित हुनुपरेन हामीलाई हाम्रै अल्पविकसित अवस्था नै स्विकार्य छ।
कहिले विश्व बैकले खरबौं सहयोग गर्छ,कहिले अर्को कुनै दातृ राष्ट्र ले अरबौं डलर सहयोग गर्छ ,अनि यहि मुलुकको पर्यटनले मात्रै करोडौं डलर कमाउने गर्छ ,हाम्रा विभिन्न धार्मिक सम्पदामा मात्रै अरबौंको भेटी संकलन हुन्छ,जनताले र उद्योगपतिहरुले तिर्ने खरबौं राजस्व जो राज्यको ढुकुटीमा जम्मा हुन्छ ,सत्तरी लाख युवाको रेमिटेन्सले नै अरबौंको रेमिटेन्स राज्यको ढुकुटीमा आउँछ तर त्यो सबै सलहले पानी निलेको जसरी निल्ने सत्ताधारीलाई एक हजार वटा एमसिसी ल्याएर बुझाए पनि नेपाल जस्ताको तस्तै हुन्छ भने किन एमसिसीको सहयोग थापेर सार्वभौम राष्ट्रलाई नांगो र गुलाम बनाउने ? यो प्रश्न एमसिसीको पक्षमा बोल्नेहरुलाई सोध्न चाहन्छु।
गणतन्त्रले तेर्हौं जन्मदिन मनाइरहदा विकासले कहाँ सडक बनेको देख्न पायो ? कहाँ नया अस्पताल बन्यो ?कहाँ नया विद्यालय बन्यो ?कहाँ बन्यो खै नया पुल ?अनि कतिवटा तुइन विस्थापना भै नया पुल कहाँ कतिवटा बने? यी सबै निर्वाचनमा जनता संग भोट माग्ने मसला बने ! देश
बनाउने मन भएका नेता यो मुलुकमा नजन्मेका होइनन जन्मिए तर उनिहरु मारिए । अनि जो मागेर आफ्नो विरासत पूरा गर्न तिर लागे तिनै यो राज्यसत्ताको मालिक भए ।
हामीलाई किन चाहियो एमसिसी ?
भ्रष्टाचारीको अन्त्य गरियो भने लाखौं एमसिसी यहि हाम्रै सम्पदाले जन्माउछ। सेवासुविधा भंग गरेर भोलुन्टर सत्ता चलाउने हो भने हाम्रै आन्तरिक धनले नेपाल थोरै समयमा नै विकसित बन्छ ।तर विडम्बना हामीले माफियालाई सरकार मान्नुपरेको छ,हामीले राष्ट्रघाती दलाललाई राजनेता भन्नुपरेको छ। उसको भोको भुँडिमा नेपाल नै कोच्याइदिए पनि उ अझै तृप्त नहुने किसिमको सलह भएकोले हाम्रो देश बनाउने मनको नेतृत्व हुन सकेन । अनि देश बेच्ने ,भिग माग्ने भिगमगाहरुको राज्यले गर्दा नेपाल अमेरिकी प्रसादमा लिलाम हुने भयकै कारण हामीले एमसिसिको विरोध गर्नुपरेको हो।
हामीलाई कसैको सहयोग चाहिदैन। मात्र सेवासुविधा भंग गर”सांसदको तलब खारेज गर,अरबौंको बंगलालाई राष्ट्रियकरण गर ,राज्यको ढुकुटीबाट लिने सेवासुविधालाई खारेज गर अनि एमसिसी हाम्रै मुलुकमा जन्मन्छ । हामी विदेशीको भिग माग्ने हैन कि गरिब विदेशी मुलुकलाई अनुदान दिन सक्ने दाता हुनेछौं। यसैले एमसिसी लागू यदि गरियो भने गणतन्त्र मात्रै समाप्त हुदैन हाम्रो राष्ट्रियतानै पतन हुन्छ। देश बनाउन मागेर हैन आफ्नै श्रोत साधन र विकल्पहरु प्रयोग गरेर बनाउने मन भयो भने महाकाली सन्धी ,टनकपुर सन्धी जस्ता लुम्बिनी र सगरमाथाका सन्धीहरु हुने छैनन। यसैले एमसिसीलाई तिरस्कार गर्नु नै सार्वभौमतालाई जोगाउनु हो ।गणतन्त्रलाई दीर्घकालसम्म टिकाउनु हो। सगरमाथाको शिर जोगाउनु हो। बुद्ध म्को गरिमा बचाउनु हो ,सीताको जन्मस्थलको प्रसिद्धिलाई बचाउनु हो ।यदि एमसिसी लागू गर्नु भनेको हाम्रो राष्ट्रियता नै विदेशीलाई सुम्पिनु सरह हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी