कञ्चनपुर, २३ जेठ । नेपाली काँग्रे्रेस बेलडाँडीका केही कार्यकर्ताले कञ्चनपुरका विद्यर्थी नेता बिक्रम थापामाथि निर्घात रुपमा कुटपिट गरेका छन् । गयराती बेलडाँडी गाउँपालिका ३ खैरिघाट क्षेत्रका काँग्रेस कार्यकर्ता खगेन्द्र जेठारा समुहले निर्घात तरिकाले कुटपिट गरेका हुन् ।
दिउँसो खैरीघाटमा स्तरोन्नती हुने सडकको उपभोक्ता समिति गठनको विषयमा काँग्रेस स्थानीय कार्यकर्ता जेठाराले थापालाई केही सर सल्लाह गर्नुपर्छ भन्दै घरम सुतेका थापालाई बोलाएर मरणासन्न हुने गरी कुटपिट गरेको नेकपा सत्ताधारी बेलडाँडीले जनाएको छ ।
नेकपा बेलडाँडी गाउँकमिटि सदस्य समेत रहेका विद्यार्थी नेता थापालाई रातीको समयमा ५÷७ जनाको समुहले कुटपिट गर्दै लछारेर लगेर खैरिघाटका अर्का काँग्रेस कार्यकर्ता कलिमान विष्टको घरमा बन्धक बनाई हातखुट्टा बाँधेर कुटपिट गरेको विज्ञप्तीम उल्लेख गरिएको छ ।
नेकपा बेलडाँडीका अध्यक्ष लक्ष्मण सिह भाटले हस्ताक्षर गरेको विज्ञप्तीमा बन्धक बनाई राखेका थापालाई ईप्रका बेलडाँडीको टोलीले उद्दार गरेको जनाईएको छ । नेकपाले कानुन बमोजिक दोषि उपर कार्बाहीको माग अघि सारेको छ ।
गाउँमा आएको विकासलाई सदुपयोग गर्नुको साटो आपसमा राजनीतिक खिचातानी र ईगोको विषयलाई लिएर आफ्नै गाउँका युवालाई मरणासन्न हुने हिसाबले कुटन लगाउने अर्को व्यक्ति भएकाले त्यसको समेत छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।
बेलडाँडी गाउँपालिका ३मा काँग्रेसकै स्थानीय सरकार छ । गाउँपालिका, प्रदेश र संघमा प्रमुख पतिपक्षीय दल काँग्रेस भएपनि लोकतन्त्रिक दलले नेकपा सरकार वा उसका कार्यकर्ताले कुनै गती भए कानुन बमोजिक जानुपर्ने लोकतान्त्रिक बिधी भएपनि मानिसलाई कुटपिट मात्र नभई बन्धक बनाउने आफ्नै गाउँका युवामाथिको बरबर दमन गरेर हत्या गर्ने मनसायले रातीको समयमा यस्ते कुटपिट गरेको नेकपाले जनाएको छ । घाईते विक्रम थापाले आफुमथि काँग्रेस कार्यकर्ता खगेन्द्र जेठारा, अशोक विष्ट लगायतका ७जनाले बाँधेर कुटपिट गरेको बताएका छन् ।
उनको महकाली अस्पतालमा उपचार हुन नसकेपछि अस्पतालले रिर्फर गरेको छ । उता कुटपिट गर्ने समुहका व्यक्तिले हात बाँधेको तर, कुटपिट नगरेको दावि गरेका छन् । आफु काँग्रेस कार्यकर्ता पनि नभएको बताउदै खगेन्द्र जेठाराले साथि अशोक विष्टलाई विक्रमले नानाथरी गाली लगैज गरेकाले घरमै पञ्चा लिएर पुग्दा घटना बारे बुझ्न गएका बेला विक्रम भाग्दा हात बाधेको बताए । ‘हामीले विक्रमलाई कुटपिट गरेका छैनौँँ, ‘उनले भने, ‘हात मात्रै बाँधेर लगेका हौँ ।’
घाईते थापालाई अन्यन्त्रका अस्पतालमा लैजाने तयारी भईरहेको छ । घटनाको विषयलाई लिएर स्थानीयले भत्र्सना गरेका छन् । भने घटनाको सत्यतथ्य छानबिन छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्ने बताए । अनेरास्ववियू कञ्चनपुरले समेत घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही गर्नुपर्ने माग अघि सारेको छ ।
अनेरास्ववियू कञ्चनपुरका कार्यालय सदस्य कैलाशचन्द्र गिरीले घटनाबारे यथाथ बुझेर थप कदम अघि चालिने बताए । अनेरास्ववियूका कार्यालय सदस्य कोमल रोकाया लगायतका नेताहरुले समजिक सञ्जाल मार्फत घटनाको भत्र्सना गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन् ।
घटनालाई राष्ट्रिय मानव अधिकारकर्मीले गम्भिर रुपमा लिएक छन् । घटना मानवता बिरोधी भन्दै स्वयम केही काँग्रेस कार्यकर्ताले भत्र्सना गरेका छन् । यसरी बाँतखुट्टा बाँधेर बन्धक बनाउने कार्य चरम मानव अधिकार बिरोध कार्य भएकाले घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीलाई आग्रह गरेको छ ।
ईन्सेक कञ्चनपुरका जिल्ला प्रतिनिधी कोमल निरन्जन भाटले घटना मानवता बिरोधी कार्य भएकाले त्यसको छानबिन गरिने बताए । कञ्चनपुर प्रहरीले घटनाको अनुसन्धान गर्ने जनाएको छ । विद्यार्थी नेता थापाको स्वास्थ्यको स्थानीय एव नेता कार्यकर्ता विद्यार्थी नेताहरुले स्वास्थ्यको कामना गरेका छन् ।
