कञ्चनपुर, २२ जेठ कञ्चनपुरका पत्रकारलाई महेन्द्रनगरका एक निर्माण व्यवसायी एव युवा समाजसेवि संचिव भट्टले रिचार्ज उपलब्ध गराएका छन् ।
बिहीबार जै श्री बैजनाथ बाबा कस्ष्ट्रक्सनका संचालक एव समाजसेवि भट्टले पत्रकार महासंघ कञ्चनपुरलाई रिचार्ज बाफत एघार हजार रुपैया उपलब्ध गराएका थिए । भट्टले पत्रकार महासंघ शाखाका कार्यबाहक कोषाध्यक्ष भाष्कर केसीलाई उपलब्ध गराएको रकमबाट कञ्चनपुर जिल्लाभरीका ५५ जना पत्रकारलाई दुई सयका दरले रिचार्ज उपलब्ध गराएको थियो ।
विभिन्न संचार माध्यममा कार्यरत पत्रकारलाई कोडिभ १९ को रिर्पोटिङ्गका लागि सहज होस भनेर रिचार्ज उपलब्ध गराएको भट्टले बताए ।‘यो महामारीको समय हो, ‘उनले भने, ‘अहिले पत्रकार पनि युद्धको मैदानमा खटिएका छन, हामीले उनीहरुलाई सक्दो सहयोग गर्नुपर्छ ।’ समाजिक सेवाको भावनाले आफ्नो तर्फबाट संचारकर्मीलाई रिचार्ज उपलब्ध गराएको उनले बताए ।
संकटको घडीमा रिर्पोटिङका लागि भट्टले पत्रकारको पीडा बुझेको भन्दै धन्यवाद आभार प्रकट गरेका छन् । भट्टले भीमदत्त नगरपालिका सहित विभिन्न वडामा विभिन्न नगद तथा भौतिक सहयोग गरेका थिए ।