दाङमा १५ संक्रमित थपिए, कूल संख्या ७१ पुग्यो

दाङमा १५ संक्रमित थपिए, कूल संख्या ७१ पुग्यो

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

घोराही, २२ जेठ । दाङमा दैनिक कोरोना संक्रमितको संख्या बढ्दै जान थालेको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा आज गरिएको स्वाब परिक्षणमा १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

बंगलाचुली गाउँपालिकाका ६, घोराही उपमहानगरका ५, राजपुर गाउँपालिकाका ३ र बबई गाउँपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले जनाएको छ ।

बंगलाचुली गाउँपालिका वडा नम्बर ४ का १६ देखी २४ बर्ष उमेर समुहका ४ जना, वडा नम्बर ३ का १७ र २२ बर्ष उमेरका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

यता घोराही उपमहानगरपालिकाको वडा नम्बर ९ का २२, २३ र २६ बर्षका ३ जना, वडा नम्बर १ का १८ बर्षका र वडा नम्बर २ का २१ बर्षका एक एक जनामा पनि कोरोना संक्रमण देखिएको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी राजपुर गाउँपालिकाको वडा नम्बर २, ३ र ४ का २६, २७ र ३४ बर्षका तीन जना र बबई गाउँपालिका वडा नम्बर ५ का १९ बर्षिय एक जनामा कोरोना पुष्टि भएको छ । यो सँगै दाङमा कोरोना संक्रमितको संख्या ७१ पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ