जनचेतना यूवा समूहद्धारा रत्ननगर मोहनाका बासिन्दालाई स्वास्थ्य सामाग्री प्रदान

जनचेतना यूवा समूहद्धारा रत्ननगर मोहनाका बासिन्दालाई स्वास्थ्य सामाग्री प्रदान

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

चितवन जेष्ठ २२ । जनचेतना यूवा समूहद्धारा कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी सचेतना कार्यक्रम संगै माक्स र सेनेटाईजर वितरण गरेको छ ।

रत्ननगर नगरपालिका वडा नम्बर ९ मोहना अन्तर्गत पहिलो चरणमा मोहोवन टोल विकास संस्था , सितल टोल विकास संस्था र जस्पाल टोल विकास संस्था भित्र वसोवास गर्ने प्रत्यक घरधुरी र भाडामा वस्ने स्थानियहरुलाई कोरोना भाईरस (कोभिड–१९)वाट सुरक्षित रहनका लागि अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने सामाग्रिको जानकारी गराउदै उक्तसामानहरु वितरण गरिएको जनचेतना युवा समुहका अध्यक्ष खड्ग बहादुर मैनालीले जानकारी दिनु भएको छ ।

करिव ३ घण्टाको समय लगाएर गरिएको सचेतना अभियानमा समाग्री वितरण समितिका संयोजक सुमन घिमिरे, पुर्व अध्यक्ष हिरा पौडेल ,समुहका पदाधिकारी एवम सदस्यहरुको सहभागिता रहेको सचिव धनन्जय शर्माले बताउनु भयो । सो अवसरमा ५ हजार पिस माक्स र २ सय ५० थान सेनेटाईजर वितरण गरिएको शर्माले वताए ।

कार्यक्रम सुरुहुन पुर्व कार्यक्रमकी प्रमुख अतिथि नगर कार्यपालिका सदस्य सरस्वती लामाले समूहका अध्यक्ष खड्ग बहादुर मैनालीे र संरक्षक बावुराम घिमिरेलाई माक्स र सेनेटाईजर हस्तान्तरण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ