बिराटनगरबाट आज थप २८ जना कोरोना जीतेर घर फर्कदै, केहिवेरमा डिस्चार्ज हुँदै

बिराटनगरबाट आज थप २८ जना कोरोना जीतेर घर फर्कदै, केहिवेरमा डिस्चार्ज हुँदै

  • बिहिबार, जेष्ठ २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.4K
    SHARES

जेष्ठ २२ बिरानगर । देशभर कोरोना संक्रमित बढिरहेका बेला निकाे हुने क्रम पनि केही बढेको छ ।  बिहिवार मात्रै विराटनगरस्थित काेशि अस्पतालकाे काेराेना विशेष अस्पतालमा उपचाररत २८ जना संक्रमित निकाे भएर ङर फर्कदै छन् । उनीहरूलाइ केहि बेरमा डिस्चार्ज गरिदैछ ।

पछिल्लो दुई पटक गरिएको परीक्षणमा कोरोना भाईरस नेगेटीभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गर्न लागिएको हो ।
डिस्चार्ज हुनेमा २२ जना पुरुष र ६ जना महिला रहेको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो । अस्पचालमा उपचारतः उदयपुरका ४ जना, झापाका ७ जना, मोरङका ६ जना, सुनसरी ४ जना, सप्तरी २ जना, धनकुटा ४ जना र खोटाङ १ जना रहेको उहाँले जानकारी दिनुभयो ।
अस्पतालले केहिबेरपछि कोरोनामुक्त नागरिकलाई बिदाई गर्दैछ । डिस्चार्ज हुनेहरु ४० दिनसम्म अस्पतालमा भर्ना भएर बसेका समेत रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका र अस्पताल प्रशासनले बिदाई गर्ने तयारी भएको छ ।कोारेना जितेर फर्कनेहरुमा झापा केचनकवलका तैयव आलम, नर आलम, सनवर मिया, सनवाज मिया, फिरोज मिया, इम्तिया आलम र मुस्ताफिक आलम रहनु भएको छ । यसैगरी मोरङका रतुवामाईका जफर मिया, ममताज आलम, पथरीका रमेश कार्की, विराटनगरका रिन्कु सहनी, आनन्दकुमार मेहता र कासिम मिया रहेका छन् ।
यस्तै सुनसरी गडी गाउँपालिकाका गोविन्द चौधरी, इटहरी–२ का निमाङ राई, इनरुवा–२ का बिमल रेग्मी र धरानका अरबिन श्रेष्ठ, सप्तरीका रमन कुमार साह र रमदुल्ला मिया, धनकुटाका गणेश बुढाथोकी, बद्री गुरुङ, निशा थापा मगर र सिला लिम्बू रहेका छन् भने खोटाङका दिपेन्द्र राई पनि आजै डिस्चार्ज हुँदैछन् ।

यसअघि कोशीको कोभिड–१९ उपचार केन्द्रबाट ३० र विपीको उपचार केन्द्रबाट १८ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै प्रदेश १ बाट ७६ जनाले कोरोना परास्त गरिसकेका छन् । बुधबारसम्ममा १८५ जना संक्रमित देखिएका छन् । यसअघि बिहिवार नै वीरगन्जकाे काेराेना गणडक अस्पतालबाट पनि ५ जना डिस्चार्ज भएका छन् । उक्त अस्पतालकाे अाइसाेलेसनमा थप २८ जना उपचाररत छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ