नेपालमा जातिय र बर्गीय मुक्तीको लागी विभीन्न आन्दोलहरु हुदै आएका छन । हरेक आन्दोलन र युद्धमा दलित जनजातीले अग्रणीय रुपमा बलीदान दीएका छन । तक्कालीन माओबादीले शुरु गरेको २०५२ सालको महान जनयुद्धमा पनि दलीत जनजातीले ठुलो योगदान र शहादत प्राप्त गरेका छन । बर्गीय मुक्ति आन्दोलबाट विभेदपुर्ण समाज निमार्ण गर्ने अभीयान बोकेका नायकहरु खलनायक हुँदा हीजोका प्रतिक्रीयाबादी सासकहरु संग आत्मसर्मणपन गर्दा क्रान्तिमा प्रतिक्रान्ति हुदाको परिर्माण शान्ती प्रक्रियापछि जातिय रुपमा वा बर्गीय रुपमा घटना घट्दै आज रुकुममा सोतिमा भएको प्रेमी र प्रेमीका विचको घटना सम्म आइपुग्दा घटनाक्रमले देखाउँछ । आज जातिय रुपमा लिएर माओबादी जनयुद्धलाई गलत रुपमा विशलेषण गर्न खोजिएको छ । यसलाई खण्डन गर्न चाहान्छु । महान जनयुद्धले वर्गीय मुक्ती विना जातिय मुक्ती हुन सक्दैन भनेर भन्दै आएको थियो र जातिय विभेद अन्त्यको लागी आफ्ना आधार इलाका र जनसत्ता निर्माण गरी जातिय विभेद क्षेत्र घोषणा गरेको हो आज जे जति संविधानमा लेखिएका छन ति सवै जनयुद्धको उपलब्धी हुन । तर आज भैदीयो के भने जुन वर्ग सत्तामा हुनु पर्ने हो त्यो वर्ग सत्तामा पुग्न सकेको छैन यहाँ जुन वर्ग हीजो सामान्तवादको रुपमा जनतामाथि सासन गथ्र्यो जुन वर्ग परीवर्तन नचाहाने अवसरवादी वर्ग थियो जो जातिय विभेद गथ्र्यो त्यही वर्ग सत्ता र सरकारमा छ र आज दलाल पुजिवादको रुपमा जनतामाथि सासन गरेको छ । आज तिनीहरुले नै जातिय रुपमा समाजलाई विखण्डन गर्दैछन ।
जातजाति वा थर बाट मानवको उत्तपति भएको होइन ढुंगेयुग दासयुग सम्म पनि कतै जात थर भएको भेटीदैन र छैन पनि । दास र मालिकको वर्ग बिभाजित भएको मानसिकता संगै जव सामान्तवादी युगको शुरुवात भयो अनि धनभेद ,कामभेद,जस्ता विभेदमुलक चेतना र मानसिकता बाट जन्म हुदै गयो । अनि हजारौं मानसिकताले सवैकिसमिको भेदहरुहरु जनतामा परीणत भए । हामीले जुन सस्कारको संरक्षण गरीउँ त्यो भन्दा बाहीर र माथि समाजलाइ वर्गलाई हेर्ने दृष्टिकोण बनाउन सकेनौँ । पछिल्लो समय हुनेखाने सासक बर्गले त्यसलाइ जातीय छुवाछुवा विभेदपुर्ण रुपले हेर्न थालीयो तल्लो जातले छोएको पानी माथील्लो जातले नछुने , नखाने र उनिहरु विच एक आपस विच त्यही विवाह सम्बन्ध नजोडने मठमन्दीर पाटी पौवामा तल्लो जातकोलाइ प्रतिवन्ध लगाउने यदी छुवाछुद गर्ने काम गरे गाउँ निकाला सम्मेत गरीनथियो । जव माओबादी जन आन्दोलन भयो । माओवादीले जातियविभेद विरुद्ध अभियान चलायो । जातीय विभेद गर्नेलाई कावार्ही गर्ने जनचेतना चलाउने पाटीमा अन्तरजातीय विवाह पनि भए । दलित जनजातीको नाममा धेरै ब्याक्ती सरकार र सत्तामा पुगेका छन । एनजिओ आइएनजिओको नाममा धेरै करोडपति अरवपति भए चिल्ला गाडी चढेका छन ।जातिय विभेद सम्बन्धी संविधानमा ऐन कानुन पनि बनेका छन जातीय आरक्षण कोटा राज्यले छुट्याउदै आएको छ । तर जातीयविभेदको नाममा विभीन्न घटनाहरु घट्ने क्रम भने रोकीएका छैन । केही बर्ष अगाडी दैलेखमा आगो छोएको कारण ज्यान जानुु प¥यो, त्यस्तै कालीकोट अछाम जाजरकोट मा दलित भएरनै धेरै दलितले ज्यान गुमाउन परेको छ । यति मात्र होइन दलित भित्र पनी कामी, सार्की,लुहार,सुनार टोमट्टर विचमा पनि ठुलो र सानो जातका कारण अझैपनि भेदभाव भएको पाइन्छ । यो सवै कुरा पुरानो रुढीवादी संस्कार ,गलत सोच र चिन्तनले अशिक्षाले गर्दा पनि जातीय विभेद हुने गरेको छ ।
हाम्रो समाजमा हुने जातिय विभेद दलित भएर मात्र हुने गरेको छैन धनि र गरीव विचको भिन्नताको कारणले पनि भेदभाव भएको पाइन्छ । कुनै एउटा ब्राम्हण र क्षेत्रीहरुको विचमा एउटा धनि दलित छ भने त्यो समाजमा एक आपसमा सवै जना मिलेर बसेको पाइन्छ । जुन समाजमा धनिहरुको विचमा गरीव दलित छ भने त्यो समाजमा त्यो दलित हेपीएर बसेको हुन्छ उसलाइ विभन्न आरोपमा समाज छोड्न अर्को ठाउ बसाई सराइ गर्न बाध्यता बनाइन्छ । यो मात्र होइन बह्रावन र क्षेत्रीहरु विच पनि धनि र गरीवको कारण विभेद भएका छन । धनि वर्गले गरीव वर्ग संग उठवस नातागोता सम्बन्ध जोड्न चाहँदैनन कोही धनि र गरीव विचको माया प्रेम सम्वन्ध छ भने पनि उनिहरुको मायाँ प्रेममा परीवार बाधक भएर आउने गरेका छन भने तराइ मधेसमा त धन सम्पति हेरेर मात्र विहे गर्ने चलन छ । धनिको छोरी संग सम्बन्ध जोड्ने दाइजो नदीएमा उसको छोरी संग विहे नगर्ने गरेको पाइन्छ । दाइजो नदीएकै कारण धेरै महीलाहरु संग सम्बन्ध विच्छेद देखी श्रीमान र उसको परिवार बाट कुटपुटि गरी जीउँदै शरीरमा आगो लगाएर हत्यासम्मेत गरेको पाइन्छ ।
हाम्रो समाजमा जातिय विभेद मात्र नभएर वर्गीय विभेद पनि छ । आज सरकारले जातिय विभेद अन्त्य गर्ने र तल परेको जातलाइ माथि उठाउन आरक्षण कोटा दिएको छ तर त्यसको परीर्माण आज एउटा गरीव क्षेत्री बाहुनले भोग्नु परेको छ । हामीले समाजमा जातिय विभेदका कुरा मात्र उठाएर वा आरक्षरण दिएर जातिय विभेद अन्त्य हुन सक्दैन । हाम्रो समाजमा दलित भन्दैमा सवै दलित गरीव छैनन क्षेत्री बाहुन भन्दैमा सवै क्षेत्री ,बाहुन धनि छैनन । आज एउटा बाहुन प्रधानमन्त्री वा मन्त्री एउटा दलीत मन्त्री वा प्रधानमन्त्री भएर कालीकोटको गरीव दलित वा झापाको गरीव क्षेत्री वाहुनले जातिय विभेदबाट मुक्त हुन सक्दैनन । कोही कुनै जातको ब्याक्ती मुख्य पदमा पुग्दैमा जातिय लिंगीय विभेद अन्त्य हिंसा,बलात्तकारका सिकार भएका छन । किन आज निर्मला जस्ता नारीले न्याय पाउन सकेका छैनन । एउटा मदेशी,एउटा दलित, जनजाती मन्त्री हुदैमा दलित जनजातीले वा मधेसीले अधिकार पाउने भए आज किन दलीत,जनजातीले अधिकार पाउन सकेका छैनन र जातिय विभेद अन्त्य हुन सकेको छैन ? जवसम्म हाम्रो समाजमा चेतनाको विकास संगै गरीव र धनि विचको खाडल पुरा हुँदैन । जातिय विभेद अन्त्य गर्न जातिय आरक्षण कोटा हटाइदैन वर्गीय रुपमा आरक्षण कोटा दिदैन जवसम्म वर्गीय मुक्ती हुदैन तवसम्म जातिय भेदभावको अन्त्य हुँदैन ।
हाम्रो समाजमा अहिले दलाल पुजिपति वर्ग हावी भएको छ । दलाल पुजिपति वर्गको चरीत्र भाषण र कागजमा बाहीर उत्पीडन वर्गको कुरा गर्ने ब्यवहारमा दलाल भ्रष्ट र व्यापारी र पुजिपतिहरु संग साठगाठ गर्ने उनिहरुको पक्षमा काम गर्ने हो । दलाहरु आफ्नो फाइदाको लागी जे पनि गर्न तयार हुन्छन उदारणको लागी चुनावमा भोट माग्नको लागी गाउँमा कम्युनिस्ट हुन वा गैरकम्युनिष्ट दलित ,जनजातीको घरमा खाने हात मिलाउने नमस्कार गर्ने गर्छन भने चुनाव जितेर गएपछि । त्यही खान खुवाउने गरीव दलित वा क्षेत्री भेटन जाँदा चिन्दैनन भेट्न नदीएर गेटबाट र्फकाइन्छ । तर धनि हुनेखाने ब्यापारी ठेकादारहरु भेट्न जाँदा स–सम्मान भेटीन्छ संगै डिनर र खानपीन गरीन्छ । यी सवै पुजिपति वर्गले गरीव वर्गमाथि गरीने ब्यवहार हुन । आज देशमा धेरै नारीहरु बलात्कार सिकार भएका छन कुनै धनि बाउको छोरी छैनन गरीवका छोरी छन , आज जातीय विभेदको नाममा दलितहरुले ज्यान गुमाउन परेको छ तिनिहरु धनि भएर होइन गरीव भएर ज्यान गुमाएका छन । आज एउटा महिला वोक्सीको नाममा अपहेलीत छन जिउदै आगो लगाइएको छ त्यो पनी धनि भएर होइन गरीव भएर लगाइएको छ , आज एउटा बालकले राम्रो शिक्षा लिन पाएको छैन त्यो पनि गरीव भएर आज एउटा नागरीकले स्वास्थ्य उपचार पाउन सकेको छैन त्यो पनि धनि भएर होइन गरीव भएर एउटा निर्दोषले न्याय पाउन सकेको छैन त्यो धनि भएर होइन गरीव भएर आज एउटा नागरीकले जागीर खान सकेको छैन धनि भएर होइन गरिव भएर किन भने हाम्रो समाजमा मानवता भन्ने छैन यहाँ छ त पैसा पावर शक्तीको छ । भनिन्छ संविधामा कानुन लेखिएको छ कानुन बमोजिम कार्बाही हुन्छ अहिले सम्म निर्मलाको बलत्तकारीलाइ काबार्ही गरेको खै शक्ती र सरकारमा भएका ब्यक्ती बाट अर्बौ भ्रष्टचार भएको छ उनिहरुलाइ कार्बाही भएको खै आज निजि विद्यालय र निजि मेडिकल माफीयाहरुले सेवाको नाममा करोडौं लुटेका छन उनिहरुलाइ कार्बाही गरेको खै सार्वजनिक पदमा रहेका मान्छेहरुले मान्छे अपरण गरेका छन ,सरकारी जग्गा आफ्नो नाममा गरेका छन खै सरकारले काबार्ही गरेको कानुन त दुइटा छैन होला संविधानमा त सवैलाइ एटै कानुन लेखीएको होला त्यसैले यहाँ वर्गीय रुपमा विभेद छ ठुलो वर्गले सानो वर्गलाइ दाहासको रुपमा हेर्ने नौकरको रुपमा हेर्ने जुन ठुलो वर्गको चिन्तन र संस्कार छ यसको अन्त्य गर्न जरुरी छ यो पहिला सामान्त बादको रुपमा आएको थियो भने अहिले दलाल पुजिपति वर्गको रुपमा अगाडी आएको छ यसले सामाजिक रुपमा सास्कृतिक रुपमा शैक्षिक रुपमा, आर्थीक रुपमा र अथवा जातिय रुपमा गरीव जनता माथि हमला गरीरहेको छ । त्यसको परीमाण हाम्रो समाज र वर्ग धनि झन धनि हुदै जाने गरीव झन गरीव हुदै जाने अवस्था सृर्जना भएको छ ।
आज समाजमा घट्ने घटना जातिय रुपमा मात्र हेर्नु भन्दा पनि वर्गीय रुपमा हेर्न जरुरी छ सांचीकै जातीय विभेदको अन्त्य गर्ने हो भने विभीन्न जातजातिको नाममा आउने आरक्षण हटाएर वर्गीय रुपमा आरक्षण दिनुपर्छ कानुन कार्यन्यन तलबाट होइन माथिल्लो निकाय बाट कार्यन्यन गर्न जरुरी छ । अपराधिहरुको न कुनै जात नकुनै धर्म नकुनै पाटी हुन्छ त्यस्ता अपराधीहरुलाई राजनैतिक संरक्षण होइन कानुन अनुसार डण्डनिय सजाय दिन जरुरी छ । अधिकार माग्ने जनतालाई दमन गरेर दवाउने होइन की एउटा नागरीकले पाउने पुर्ण अधिकार दिएर मात्र देशमा शान्ती सुरक्षा कायम गर्न सकीन्छ हलो अडयार गोरु चुट्ने काम सरकारले बन्द गर्न पर्छ यसले शान्ती होइन की युद्ध निम्त्याउछ । त्यसैले वर्गीय मुक्ति विना जातीय मुक्ती हुन सक्दैन त्यसको लागी यो दलाल पुजिवादको अन्त्य र वैज्ञानि समाजवादको स्थापना गर्न आवश्यक छ जहाँ जात, धर्म सानो ,ठुलो धनि गरीव कोही हुदैन त्यहाँ मानव धर्म र मानवसमाज मात्र हुन्छ त्यस्तो खालको समाज निर्माण गर्न परिवर्तन चाहने र देशभक्त राष्ट्रवादी श्क्ति एकृति जनक्रान्तीको बाटो अगाडी बढऔं ।