इटहरी, २२ जेठ । विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले देश्ब्यापीरुपमा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति एबम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।
राष्ट्रिय हितविपरीत विवादित एमसीसी परियोजना पास गराएर नेपाललाई पराधीन बनाउन लागेको भन्दै संघर्षरत सो पार्टीले केन्द्रीय संघर्षका कार्यक्रमअन्तर्गत ओली र देउवाको पुत्ला जलाएको हो । नेकपाले एमसीसीको विरोधमा लगातार आन्दोलन गरिरहेको छ ।
यसैक्रममा नेकपा सुनसरीले पनि जिल्लाका बिभन्न स्थानमा एमसीसीकाे बिराेध गर्दै पुत्ला जलाएकाे छ । सरकारले नेपाली काङ्ग्रेसको समर्थनमा संसद्बाट पास गर्न खोजिरहेको भन्दै नेकपा सुनसरीले इनरूवा नगरपालीका, धरान उपमहानगरपालिका लगायतका विभन्न क्षेत्रमा बिराेध कार्यक्रम सहित एमसीसीकाे सम्झाैतापत्र र पुत्ला दहन गरेका हाे ।
इनरूवा भएकाे कार्यक्रममा नेकपाका सुनसरी जिल्ला ईन्चार्ज निश्चल पहाडीले लगायतकाे उपस्थिति थियाे । उनले एमसीसी सम्झौताले नेपाली सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रताका विरुद्ध गम्भीर राष्ट्रघात गर्ने भएकाले यस्तो आपराधिक कार्यको नेतृत्व गर्नेहरूकाे बिराेधमा सबै नेपाली नागरिक एक हुनुपर्ने बताए ।
लकडाउन र प्रतिबन्धलाई पनि वास्ता नगरी पार्टी समिति, जनवर्गीय सङ्गठनका नेता–कार्यकर्ता र स्थानीय देशभक्त जनताको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएकाे जनाइएकाे छ ।

यता, काठमाडाै, ललितपुर भक्तपुर लगायतका देशैभर कार्यक्रम गरीएकाे जनाइएकाे छ । पार्टीको केन्द्रीय कार्यक्रमअनुसार काभ्रे, रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायत जिल्लामा विराेध कार्यक्रम चलाइएकाे थियाे ।काठमाडाैंकाे चन्द्रगारी नगरपालीकामा समेत पुत्ला जलाएकाे छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन र नेकपा चन्द्रागिरी नगरसमितले संयुक्त रूपमा प्रधानमन्त्री र काग्रेस सभापति देउवाकाे पुत्ला जलाएकाे हाे ।
उता, जिल्लाका बर्दगोरिया, जोशीपुर गाउँपालिका, गौरीगङ्गा, गोदावरी र धनगढी नगर समितिले वली र देउवाको पुतलादहन गरेको नेकपा कैलालीले जनाएको छ ।
नेपाल र अमेरिकाबीच २०७४ भदौ २९ मा हस्ताक्षर भएको उक्त सम्झौता २०७५ पुस ३ गते नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले इन्डो–प्यासिफिक रणनीति –आईपीएस) मा हस्ताक्षर गरेपछि एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) को प्रस्ताव बाहिर आएको थियो । यो प्रस्ताव हिन्द–प्रशान्त रणनीतिअन्तर्गत अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको भन्दै देशभर विरोध भइरहेको छ ।