जेष्ठ २१ रुकुम । जनप्रतिनिधि भने पछि जनताको अगुवा, सन्देश बाहक , समाजका प्रशिक्षक हुनु पर्ने हो । तर देशमा मदिरामा लट्ठीने, कालो बजारी र भ्रष्टाचारमा समेत सामेल हुने गरको पटक पटक समाचारहरु आईरहन्छन् ।
यस्तै खराब गतिविधि रुकुम पश्चिममा देखा परेको छ । मदिरा सेवन गरेर हातहतियार सहित एक जना वडा अध्यक्षले समुह लिएर गएर प्रहरीचौकीमै आक्रमण गरेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतको समूहले गएराति नगरपालिकाको वडानम्बर १४ को छिवाङ्ग ज्युलामा रहेको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेको हो । आफ्नो नेतृत्वमा २५ जना भन्दा बढी स्थानीय युवाहरु लिएर प्रहरी पोष्ट माथि आक्रमण गरे पछि वडा आध्यक्ष भागेका छन् ।
जानकारी अनुसार, अत्याधिक मदिरा सेवक गरेर आएका अध्यक्ष केसीको टोलीले प्रहरीको इन्ट्रिपोस्ट, प्रहरी र प्रहरी भाडामा बसेको घर माथी ढुङ्गामुडाले आक्रमण गरेका हुन् । एक्कासी पोष्ट माथी आक्रमण गरेका उनीहरुले प्रहरी ईन्चार्जको पेस्तोल खोसेर पछि फेरि फिर्ता गरेर भागेको प्रहरीले जनाएको छ । वडा अध्यक्षको साथमा आएका उनका छोरा लगायतको समुह चक्कु र अन्य हतियार समेत बोकेर आक्रमणमा उत्रिएको प्रहरीले जनाएको छ । जम्मा ६ जना रहेको त्यस पोष्टका ईन्चार्जको बर्दी समेत वडा अध्यक्ष समुहको समुहले च्यातिदिनुका साथै हतियार खोसेर फेरी त्यिही छाडेर भागेका थिए ।

पोष्टका संरचना भत्काउनुका साथै २ जना अन्य प्रहरी जवानमाथि पनि उनीहरुले कुटपिट गरेका थिए ।
दादागिरी मच्चाउदै आएका अध्यक्ष केसीलाई बिहानपल्ट हेलमेट बिनै बाईक कुदाएको बेला ट्राफिक नियम उल्लंघन नगर्न डिउटीमा रहेको प्रहरीले अनुरोध गरेको र त्यतती खेर तँ
हवल्दार चुप लाग भन्दै फिल्मी शैीमा अध्यक्ष केसीले हप्काएको र त्यसैको बदलामा आक्रमण गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।
यस अघि वडाध्यक्ष केसीले जिल्लाबाट गएको प्रहरीको डिउटी टोलीका प्रमुख माथी पनि आक्रमण गरेका थिए । वडाअध्यक्ष केसी तत्कालिन माओबादी पार्टिबाट उमेद्वारभई निर्वाचित भएका हुन् ।