छुवाछूत मुक्त रास्ट घोषण गरेको २०६३ साल जेष्ठ २१ गते आजको दिन १४ बर्ष पूरा भएको छ । पुर्ब सन्ध्या मा अन्तर जातीय बिबाह गर्दा काभ्रेका अतीत मिजार लाई हत्या गरि धादिङको गजरुको ठाटिमा झुन्डिएर फालिएको थियोे । किटानी जाहेर हुँदा पनि अपराधी लाई धरैटी मा रिहा गरिएको थियो ! २०७३असार २९ गते हत्या गरि मारिएका अजित मिजारको लास अहिले सम्म पनि टिचिङ अस्पतालमा लास कुहिरहेको छ ।
पिडित ले अहिलेसम्म न्याय पाएन्न यो तपाई हामी सबैलाई थाहा भएकै कुरा कुरा हो । छोराको हत्यारा लाई कार्बाहि गरेको हेर्ने न्याय पर्खिनु भएको आमा बुबालाई कैले दिन्छ न्याय यो नेपाल सरकारले अझै हेर्न बाकिनै छ कानुन । फ़ेरि तकालै अन्तर जातीय बिबाह कै कारण रुकुम पश्चिम् सोति मा जाजरकोटका ननबराज बि: क,लोकेन्द्र सुनार,गोबिन्द साही,गणेश बुढामगर , सन्जु बिक,टिकाराम सुनार,निर्घात कुटिकुटी हत्या गरि डोरिले बाधेर भेरी नदि मा फालियो नमराज बि: क मात्र होइन प्रेमका पुजारी नमराज का ५ साथी समेत हत्या गरि नदिमा फालियो एक जना बेपत्ता गोबिन्द साही १० दिन पछि हिजो मात्रै सुर्खेत को मेहलकुना मा सरिल मा निला डाम दहित दर्नाक तरिकाले मारेर फेरिमा फालिएको अबस्थामा भेटिएका छ्न ।
यी त अहिलेसम्मकै प्रतिनिधि घटना मात्रै हुन अरुत भित्र भित्रै कति छ्न कति यस्ता घटना मा कैले हुन्छ सरकारको ध्यानाकर्षण यस्ता घटना का दोषि लाई कार्बाही गर्ने आट किन गर्दैन सरकार कानुन कागजिखोस्टा मात्रै हो या लागुपनि हुन्छ। कानुनमा भएको ब्यबस्थामा रहि रुकुम पश्चिम् हत्याकाण्डका मुख्य नाईके त्याहका वडा अध्यक्ष नै भएकोले कित कानुन लाग्दैन भन्नू पर्यो होइन्न भने यो घटनालाई निस्पक्ष छ्नबिन गरि चाडै पिडितले न्याय पाउने छ्न भन्ने कुरामा आम उत्पीडित बर्ग दलित समुदाय ढुक्क छ सरकार न्याय दे ।
यदी यथेष्ट प्रमाण तपाईं हामी माझ छर्लङ्ग छ्न जुन घटनाको मुख्य कारक तत्व दलित भएकै कारण हो भन्ने प्रष्ट देखियको छ । बाचेर आउने हरुबाट बुजिन्छ भएको केहो भन्ने कुरा अरु के चाहिने ? आज पनि हजारौं नागरिकहरु न्यायको लागि सडकमा न्याय खोज्न आन्दोलन गर्नु परेको छ । जबसम्म राज्यले ब्यबहारिक रूपमा छुवाछूत मुक्त हुदैन । तबसम्म दिबश होईन कालो दिनको रूपमा मनाउने दिन जेष्ठ २१ नआवस । जात होईन चिन्तन फेर्न सबै नलाग्ने हो भने यो समस्याबाट मुक्ति पाउन अझ धेरै संघर्ष गर्नु पर्ने हुन्छ ।