डडेलधुराको क्वारेन्टाईनमा शौचालय जाने क्रममा बेहोस भएकी एक महिलाको मृत्यु

डडेलधुराको क्वारेन्टाईनमा शौचालय जाने क्रममा बेहोस भएकी एक महिलाको मृत्यु

  • बुधबार, जेष्ठ २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

जेष्ठ २१ डडेलधुरा । क्वारेन्टाईनमा मानिसहरुको मृत्यु हुने क्रम बढेको छ । गएराति डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ की ३० वर्षीया महिलाको श्रीमान्सगै शौचालय गएका बेला अचानक बेहोस भएर उनको मृत्यु भएको थियो ।

गन्यापधुरा गाउँपालिकाको असिग्राम माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा उनीहरु राखिएका थिए ।

जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार उनी आफ्ना श्रीमानसहित ४ दिनअघि भारतबाट फर्केकी थिइन् ।

गएराति ११ बजे बिरामी भएकी महिलालाई अस्पताल लैजान एक बजे एम्बुलेस पुगे पनि कोरोनाका कारण मुत्यु भएको भन्दै कसैले नछोएको बताइएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ