लागू औषध सहित एक जना पक्राउ

लागू औषध सहित एक जना पक्राउ

  • बुधबार, जेष्ठ २१, २०७७
  • दिपक चौरसिया

  • 3.6K
    SHARES

बारा, २१ जेष्ठ ।  भारतबाट नेपाल भित्रयाउदै गरेको लागू औषध सहित एक जना नेपाली नागरिकलाइ सशस्त्र प्रहरी बल नेपालले नियन्त्रणमा लिएको छ । बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर ३ स्थित खुदिया टोला नजिकै रहेको दशगजा इलाकाबाट लागू औषध सहित नेपाली नागरिकलाइ नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको हो ।

बारा जिल्लाको विश्रामपुर गाउपालिका वडा नम्बर ३ मुसहर्वा बस्ने बर्ष १८ को धन्नजय यादबले लागू औषध ओसार पोसार गरिरहेको विशेष सूचनाको अधारमा खटिएको सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदीले जानकारी दिनुभयो ।

उहाले बोर्डर आउट पोस्ट बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक नारायण सिंह ऐरीको कमान्डमा खटिएको टोलिले लागू औषध सहित एक जनालाइ नियन्त्रणमा लिन सफल भएको बताउनु भयो । आज बिहान करीब ६ बजेको समयमा लागू औषध नाईट्रोजेपान ६०० गोटा र WIN CIREX १४७ बोटलसहित जिल्ला बारा विश्रामपुर गाउपालिका ३ मुसहर्वा बस्ने बर्ष १८ को धन्नजय यादबलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको नेपाल प्रहरीको जिम्म लगाइएको सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिग बिजय सुवेदिले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ