के मुख्य रोडमा मात्रै सर्छ कोरोना ? लकडाउमा प्रहरीले दुखः दिएको बीरगञ्जमा स्थानीयको गुनासो

के मुख्य रोडमा मात्रै सर्छ कोरोना ? लकडाउमा प्रहरीले दुखः दिएको बीरगञ्जमा स्थानीयको गुनासो

  • बुधबार, जेष्ठ २१, २०७७
  • दिपक चौरसिया

  • 13.3K
    SHARES

पर्सा २० जेठ, पर्सा जिल्लामा कोरोना संक्रमण नियन्त्रणको लागि गरिएको लकडाउनको नाममा वीरगंजमा नाममा प्रहरीले सर्वसाधारणलाई दुःख दिने कार्य बढेको स्थानीयको गुनासो बढेको छ ।

वीरगंजको मुख्य सडक घण्टाघरदेखि माइस्थान, आदर्शनगर, अलखियामठ लगायतका स्थानमा प्रहरीको चेकजाँच तैथान छ । मुख्य सडकमा मात्रै प्रहरीको ड्युटी तैनाथ छ भने गल्ली गल्ली, टोलटोलमा कुनै किसिमको गस्ती छैन ।

पर्सा जिल्लाको वीरगंजको मुख्य सडक बाहेक अन्य कुनै पनि स्थानमा लकडाउनको प्रभाव छैन् । यस्तो अवस्था देख्ना स्थानिय सचेतवर्गहरुले कोरोना भाइरस मुख्यसडबाट मात्र सर्छ कि अन्य सडकहरुबाट पनि सर्न सक्छ भनि प्रश्न गरिरहेका छन् । कारण मेनरोडमा मात्र स्थानिय प्रहरी प्रशासनको ध्यान गएको छ ।

मनेरोडमा प्रहरीहरुले कसैलाई पनि जान दिएको छैन् । बाकी सहायक सडक र गल्लीहरुमा भिड देख्दा जो कोहीले पनि सजिलै भन्न सक्छ कि पर्सा जिल्लामा कुनै लकडाउन छैन् । गल्लीबाट सजिलै सवारीसाधन लिएर गन्तव्यतर्फ जाने छुट भने मुख्य सडक वार पार गर्न पनि नपाइने व्यवस्था मिलाइएको छ ।

मुख्य सडकलाई वारपार गर्न पनि प्रहरीको धाकधम्की खेप्नु परेको सर्वसाधारणहरुको गुनासो छ । मुलुकमा गरिएको लकडाउनको लगभग ३ महिना हुन लाग्दा सर्वसाधारण आजित भएर घरबाहिर निस्कन खोजि रहेका छन् । तीन महिनाको लकडाउनको कारण आर्थिक अवस्था तहस नहस भइसकेको छ, व्यापारीहरुको व्यापार ठप्प भएर अवस्था नाजुक बनि सकेको छ भने दैनिक ज्यालादारीमा काम गरेर जिविकोपार्जन गर्नेहरुको दैनिकी जीवन कष्टकर बनि सकेको छ । लकडाउनले आजित भएर सोमबार वीरगंजका व्यापारीहरु पसल खोल्नुपर्छ भनेर सडकमा नै उत्रिए ।

यस अवस्थामा प्रशासनले अहिले वीरगंजमा लकडाउनलाई केही खुकुलो पारेको छ । महानगरको गल्ली गल्लीमा किराना पसल तथा अन्य पसलहरु पनि खुलिसकेको छ ।सर्वसाधारणहरुको चहल पहल पनि बढि सकेको छ तर त्यो गल्लीमा मात्रै ! मुख्य सडकमा भने मानिसलाई हेर्ने वित्तिकै प्रहरीले अपराधी नै भेटियो भन्ने जस्तो व्यवहार गरि रहेको छ । मुख्य सडकमा पैदल बाहेक साइकलले हिँड्ने सर्वसाधारणलाई पनि दौडेर समात्ने अनि गल्ली हुँदै जाउँ भनेर थर्काउने गरेका छन् ।

यसबारे वीरगंजका केही सचेत युवा तथा बुद्धिजीवीहरुले आवाज पनि उठाएका थिए । उनीहरुले सामाजिक सञ्जालमा ‘कोरोना मुख्य सडक मात्रै सर्छ’, ‘लकडाउन खुकुलो भइसक्यो भनेपछि मुख्य सडकमा कर्फयू जस्तो कडाई किन’ ? जस्ता नाराहरु लेखेर प्रशासनलाई सचेत गराउन खोजेका थिए तर त्यसको केही असर परेन । मुख्य सडकका पनि केही पसलहरु खुल्ला भएका छन् तर त्यो पैदल गएर मात्रै किन्ने वातावरण बनाइएको छ ।

कुनै किसिमका साना सवारी साइकल अर्थात मोटरसाइकल देख्ने वित्तिकै मुख्य सडकमा खटेका सुरक्षाकर्मीले ति यात्रीलाई तत्काल थर्काउँदै धपाउने गरेका छन् । मुख्य सडकबाट स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बाहेक अन्यलाई आवत जावतमा रोक लगाइएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बाहेक जुनसुकै पास बोकेका व्यक्तिलाई मुख्य सडकबाट आवागमन गर्न रोक छ तर त्यही छेउमै रहेको गल्लीको सडकबाट आवत जावत गर्न कुनै किसिमको रोकटोक छैन ।

कोरोना भाइरस मुख्य सडकमा मात्रै सर्छ ? यस सन्दर्भमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जिल्ला संकट व्यवस्थापन समितिको निर्णय अनुसार बढि भीडभाड हुने ठाउँमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मी बोहक अन्य सबैको सवारी आवागमनमा रोक लगाइएको बताए । उनले त्रिभुवन राजपथ अन्तर्गत पर्ने सडक पावरहाउस चोकदेखि रजतजयन्ती चोकसम्मको मुख्य सडक लगायत घण्टाघर, माइस्थान, आदर्शनगर जस्ता बढि भीडभाड हुने स्थानमा प्रहरी तैनाथ गरिएको बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ