कन्चनपुर,२० जेठ । कञ्चनपुरमा एकै दिन आठ जनामा कोरोना पृष्टी भएको छ । जस मध्ये सात जना भारतबाट फर्किएका र एक जना जनस्वास्थ्यकर्मी भएको पृष्टी भएकोछ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा कार्यरत ल्याब असिस्टेन्टमा कोरोना पोजेटिभ देखिएको नगरपालिका स्रोतले जनाएको छ ।
उनी कोरोना परीक्षणको रिर्पोट ल्याउन धनगढी गएका थिए । उनलाई नै कोरोना लागेपछि अन्यतर्फ त्रास मच्चिएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा एक स्वास्थ्यकर्मी सहित आठ जनामा एकै पटक कोरोना पुष्टीसंगै कञ्चनपुरमा संक्रमितको संख्या ९ पुगेको छ ।
धनगढीमा गरिएको परीक्षणमा तीन स्थानीय तहका आठ जनामा कोरोना पुष्टी भएको स्थानीय तहले जनाएका छन् । भीमदत्त नगरपालिका २ का ५० बर्षिया पुरुष, लालझाडी गाउँपालिका ३३ बर्षिया पुरुष र पुर्नवास नगरका ६ जनामा एकै पटक कोरोना देखिएको हो ।
पुनर्वास नगरका २८, ३०, ३३, ३५, ५२ र ३६ बर्षिया पुरुषमा कोरोना पोजेभिट आएको छ । लालझाँडी र पुर्नवास नगरपालिका क्षेत्रका बाँकी संक्रमित सबै भारतबाट फर्किएका थिए ।
अघिल्लो दिन शुक्लाफाँटा नगरपालिका ११ का ११ महिने दुदे बालकमा कोरोना पृष्टी भएको थियो । भारतबाट फर्किका ति बालक ११ जना सहित अभिभावकसंगै फर्किएका थिए । संयोगले बालकको उमेर ११ महिना, फर्किका ११ जना र घर पनि ११नम्बर वडामा भएपछि यसलाई संयोग भनिएको छ । दुई महिना पछि कञ्चनपुरका कोरोना देखिएपछि स्थानीय त्रसित भएका छन् । लालझाडी, पुनर्वास र भीमदत्त नगरपालिकाले उच्च सुरक्षा सर्तकता अपनाउने जनाएका छन् ।