पर्सा २० जेठ । विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको बेलामा पर्सा र बारा जिल्लाका सामुदायिक बनहरुबाट बन फडानी तीब्र रुपमा भईरहेको स्थानियबासीहरुले बताएका छन् ।
कोरोनाको त्रासले घरबाट बाहिर निस्कन नसक्ने वातावरणलाई मौका छोपी वन तस्करहरुले रातिको समयमा वनका कर्मचारी र प्रहरी प्रशासनकै मिलोमतोमा वन फडानी भईरहेको स्थानियबासीहरुले आरोप लगाएका छन् । पर्सा जिल्लाको सबैया सझोदारी बन विरुवागुठी बाट वनका कर्मचारीहरुकै संलग्नतामा रातीको समयमा खासगरी सतिसालको काँचो रुख ढाली तस्करहरुले साईकल, ट्रयाक्टर र ठेलागाडामा राखी समिल सम्म पु¥याउने गरेको स्थानिय राजेन्द्र चौधरीले बताए ।
तस्करीको समयमा वन बाहिर ड्युटिमा खटिने सशस्त्र प्रहरी, नेपाल प्रहरी आफ्नो कार्यालयबाट बाहिर ननिस्केर तस्करहरुलाई तस्करी गर्नमा सहज बनाउने कार्य गर्दै आएको विभिन्न समयमा आरोप लाग्दै आएको छ । त्यसैगरी बारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका औराहा स्थित प्रगतिशील सामुदायिक वनमा तिब्र रुपमा फडानी भइरहेको छ । वन तस्करहरुको साथसाथै केही गाउँलेहरु पनि वन फडानी गरि रहेको स्थानीय युवाहरुको भनाई छ ।

वन संरक्षणका निम्ति खटेका प्रगतिशील सामुदायिक वन समितिका पदाधिकारीहरुको लापरवाहीको कारण तस्कर तथा स्थानीयहरुले वन फडानी गरि रहेका छन् । गत हप्ता आएको हावाहुरीको नाममा रुखहरु ढलेको भनेर हरियो सालको रुख ढालेर तस्करी कार्य बढेको छ ।
अन्दाजी २ सय ५० हेक्टरमा फैलिएको उक्त वनमा सतिसालको रुख संरक्षित रुख हो । वनमा सतिसालको रुखसँगै मसालाको रुख, जामुन, सिरिस, बोर्ड धमेरो लगायतको रुखहरु लगाइएको छ ।
सतिसालको काठको माग बढि रहेको र महंगो मूल्यमा विक्री हुने गरेको कारण तस्करहरु सतिसालको काठतर्फ बढि आकर्षित हुन्छन् । वनमा अहिले दर्जनौं काटिएको रुखको जराहरु देख्न सकिन्छ । हरियो र काँचो रुखलाई ढालेर तस्करी गर्ने गरेको कारण भोलिको दिनमा वन विनाश नै हुने भनेर स्थानीयहरु चिन्तित बनेका छन् ।


