सुर्यदोय लघुवित्त वित्तीय संस्थाद्वारा कोरोना कोषमा सहयोग

सुर्यदोय लघुवित्त वित्तीय संस्थाद्वारा कोरोना कोषमा सहयोग

  • मङ्लबार, जेष्ठ २०, २०७७
  • रबिन्द्र यादव

  • 6.8K
    SHARES

नवलपरासी पश्चिम २० जेठ । प्रतापपुर गाउँपालिका स्थित गोपिगञ्जमा रहेको साबिक त्रिलोक लघुबित्त बित्तिय संस्था लिमिटेड हाल सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार प्रतापपुर गाउँपालिकाको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहत कोषमा सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार शर्मालाई मंगलबार १० हजार बराबरको चेक हस्तान्तरण गरिएको संस्थाका शाखा प्रमुख कृष्ण मुरारीलाल मालीले जानकारी दिए । साथै संस्थाको केन्द्रीय कार्यालयले रु १० लाख दस हजार कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि रकम सहयोग गरेको छ ।

जसमा प्रदेश नं ४ लाई दुई लाख , पाच नं नम्बर प्रदेशलाई दुई लाख र प्रदेश नम्बर ६ को सल्यान जिल्लाको कुविन्डे बनगाड नगरपालिकालाई पचास हजार सहयोग गरेको संस्थाले जनाएको छ । शाखा मार्फत ५७ स्थानिय तहमा ७ हजार ५ सय देखि २५ हजार सम्म राहत कोषमा जम्मा गरेको छ ।

१० लाख दस हजार मध्ये तीन लाख दस हजार उक्त संस्थाका कार्यरत कर्मचारीले सहयोग गरेको केन्द्रीय कार्यालयले जनाएको छ । सुर्योदय लघुवित्त वित्तीय संस्था हाल २३ जिल्लामा कार्यक्षेत्र रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ