कन्चनपुर २० जेठ । कञ्चनपुरका आठ जना पुरुषमा एकै पटक कोरोना पृष्टी भएको छ । धनगढी स्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कञ्चनपुरका आठ जनाएको एकै पटक कोरोना पुष्टी भएको हो ।
धनगढीमा गरिएको परीक्षणमा तीन स्थानीय तहका आठ जनामा कोरोना पुष्टी भएको स्थानीय तहले जनाएका छन् । भीमदत्त नगरपालिका २ का ५० बर्षिया पुरुष, लालझाडी गाउँपालिका ३३ बर्षिया पुरुष र पुर्नवास नगरका ६ जनामा एकै पटक कोरोना देखिएको हो ।
पुनर्वास नगरका २८, ३०, ३३, ३५, ५२ र ३६ बर्षिया पुरुषमा कोरोना पोजेभिट आएको छ ।
लालझाँडी र पुर्नवास नगरपालिका क्षेत्रका संक्रमित सबै भारतबाट फर्किएका थिए । अघिल्लो दिन शुक्लाफाँटा नगरपालिका ११ का ११ महिने दुदे बालकमा कोरोना पृष्टी भएको थियो ।
भारतबाट फर्किका ति बालक ११ जना सहित अभिभावकसंगै फर्किएका थिए । संयोगले बालकको उमेर ११ महिना, फर्किका ११ जना र घर पनि ११ नम्बर वडामा भएपछि यसलाई संयोग भनिएको छ ।
दुई महिना पछि कञ्चनपुरमा कोरोना देखिएपछि स्थानीय त्रसित भएका छन् । लालझाडी, पुनर्वास र भीमदत्त नगरपालिकाले उच्च सुरक्षा सर्तकता अपनाउने जनाएका छन् । धमाधम कोरोना संक्रमित देखिएता पनि केही मानिस लकडाउन उलङघन गर्दै छन् ।